२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसो बढेसँगै जनजीवन प्रभावित



अ+ अ-

झापा । पाँच दिनअघिदेखि झापामा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । बिहानदेखि नै बाक्लो हुस्सुसहित शीतलहर चलेको हुँदा सडकमा यातायातका साधन कम चलेका छन् भने सर्वसाधारणको हिँडडुल पनि कम भएको छ ।

आजको भद्रपुरको अधिकतम तापक्रम १२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ भने बिहान ९ डिग्री सेल्सियस रहेको थियो । नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णकुमार चुँडालले दृश्य क्षमता न्यून भएका कारण काठमाडौँबाट भद्रपुरसम्मको सबै उडान रद्द गरेको बताउनुभयो । ‘आजको दृश्य क्षमता ५०० मात्र छ, विमानस्थलमा दुई हजार २०० दृश्य क्षमता नभई यहाँ विमान बस्न सक्दैन उहाँले भन्नुभयो, “बेलुकातिर आउँछ कि अहिले भन्न सकिँदैन ।”

बुद्ध एयर, यतिलगायतका विमान नियमित आइरहे पनि सात दिनदेखि सौर्य एयरलायन्सले भद्रपुरका सबै उडान स्थगित गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले सबै इलाका प्रहरी कार्यालयलाई सामुदायिक प्रहरी सेवा केन्द्रसँग समन्वय गरेर सर्वसाधारणका लागि सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

प्रहरीले झापाको राजगढ, मेचीनगर, भद्रपुर, गौरीगञ्ज, विर्तामोडलगायत विभिन्न तीन दर्जन स्थानमा काठको मुडा सडक किनारमा बालेर आगो ताप्ने व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिनुभयो । काठको मुडा स्थानीय सामुदायिक वनको सहयोगमा जुटाइएको छ ।