१८ आश्विन २०८१, शुक्रबार
,
Latest
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्याटले साना यातायात व्यवसायी मारमा



अ+ अ-

बारा । बाराका साना तथा ठूला मालवाहक यातायात व्यवसायीहरु मूल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता नहुँदा सामान ओसारपसारमा समस्या आएको छ । सरकारले यही पुस १ गतेदेखि ढुवानी भाडामा अनिवार्य भ्याट लागू गरेपछि यातायात व्यवसायीहरुले सामान लोड अनलोड नगर्दा समस्या सिर्जना भएको हो । सरकारले ऐन संशोधनमार्फत चालू आर्थिक वर्षदेखि नै साना तथा ठूला मालवाहक सवारी साधनमा भ्याट अनिवार्य लगाउने निर्णय गरेको थियो ।

यस क्षेत्रबाट दैनिक करिब एक हजारको हाराहारीमा लोड हुने गरेका मालवाहक सवारी साधन अहिले करिब सयवटामात्र लोड हुने गरेको यातायात व्यवसायी खडकप्रसाद मैनालीले बताउनुभयो । भ्याट तथा स्थायी लेखा नम्बर ९प्यान० मा दर्ता नभएका सवारी साधनहरुलाई मालवाहक सामान ओसारपसारमा रोक लगाउने निर्णय गर्नाका साथै भाडा भुक्तानी नगर्न निर्देशन दिएपछि मालवाहक सवारी साधनमा सामान लोड अनलोड नभएको मैनालीको भनाइ छ ।

सरकारले सहजीकरण गरिदिए आफूहरु कर तिर्न तयार रहेको यातायात व्यावसायी मैनालीले बताउनुभयो । भ्याटमा जाने प्रक्रियामा साना यातायात व्यवसायीहरुलाई महासङ्घले कुनै जानकारी नगराएका कारण आफूहरु मारमा परेको स्वतन्त्र चालक समाज नेपालका अध्यक्ष वसन्त शर्माले गुनासो गर्नुभयो । मालवाहक सवारी साधनमा भ्याट लगाउँदा ठूला सवारी साधनलाई असर नपरे पनि आफूहरु निकै मारमा परेको शर्माको भनाइ छ ।

अधिकांश यातायात व्यवसायी सामान्य लेखपढ गर्न नसक्ने भएका कारणसमेत भ्याट कसरी काट्ने तथा खुद्रा वस्तुको बिलिङ कसरी गर्ने भन्ने विषयमा समस्या आउने शर्माको भनाइ छ ।

हाल देशभर २४ वटा मालवाहक यातायात व्यावसायी सङ्घ रहेका छन् भने ती सङ्घमा करिब ६५ हजारभन्दा बढी यातायात व्यवसायीहरु आबद्ध रहेका छन् । उनीहरुले पटक पटक सरकारसँग भ्याट लागू गर्ने विषयमा छलफल गरेको बताएका छन् ।

अर्थमन्त्री डा युवराज खतिवडाले मध्यमार्गी बाटो खोजेर सुरक्षित अवतरण गर्ने बताए पनि सहजता प्रदान गर्न नसकेको भन्दै उनीहरुले पटक पटक आन्दोलनका कार्यक्रमहरुसमेत गरिरहेका छन् ।