२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुखुरा फार्ममा प्रहरीकोे छापा, भेटायो एक थान एसएमजी र १० हजार गोली



अ+ अ-

सुनसरी । कुखुरा फार्ममा लुकाइ राखेको अवस्थामा सुनसरी प्रहरीले एक थान अत्याधुनिक हतियार एसएमजी बरामद गरेको छ । सुनसरी बराहक्षेत्र ५ मा एक थान एमएमजी र त्यसमा लाग्ने ९ हजार ९ सय ८२ वटा गोली बरामद गरिएको हो ।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा छापा मार्दा कुखुरा फार्ममा लुकाइ राखेको अवस्थामा हतियार भेटिएको १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी ठाकुर ज्ञवालीले जानकारी दिए। ‘बरामद गरिएको हतियार डम्पिङ गरेको भन्ने कुरा आएको छ,’ डिआइजी ज्ञवालीले भने, ‘यस विषयमा अनुसन्धान गरिरहेका छौं।’