२ श्रावण २०८३, शनिबार
,
Latest
शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर भइरहेका प्रदर्शनबारे छलफल गर्नु महत्वपूर्ण छ: सोनाक्षी



अ+ अ-

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफू अभिनीत चलचित्र ‘दबंग ३’ को कमाइभन्दा भारतमा जारी राष्ट्रव्यापी प्रदर्शन महत्वपूर्ण भएको बताएकी छन् । भारतमा अहिले नागरिकता संशोधन कानुनको विरोधमा देशभर प्रदर्शन भइरहेको छ । जसमा २३ भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

अभिनेत्री सोनाक्षीले भनिन्, ‘दबंग ३ को पहिलो दिनको कमाइबारे भन्दा देशभर भइरहेका प्रदर्शनबारे छलफल गर्नु महत्वपूर्ण छ ।’ बलिउड अभिनेता सलमान खानको चलचित्र ‘दबंग ३’ ले बक्स अफिसमा दुई दिनमै करिब ४९ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ ।

पहिलो दिन २४।५ करोडको व्यापार गरेको यो चलचित्रले दोस्रो दिन पनि त्यसकै हाराहारीमा कमाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सलमानकै निर्माणमा बनेको यस चलचित्रको निर्देशन प्रभु देवाले गरेका हुन् । जसमा सलमान, अभिनेत्री सोनाक्षी सिन्हा, साई मान्जरेकरलगायतका कलाकारको मुख्य भूमिका छ ।