१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’
अ अ+ अ-

काठमाडौँ, २ चैतः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का कार्यकारी अध्यक्ष डा बद्री केसीले एकता महाधिवेदनले विश्वभर रहेका करिब ८० लाख नेपालीलाई एकै सूत्रमा बाँध्ने काम गरेको बताउनुभएको छ ।

सङ्घको एकता महाधिवेशनको समापन समारोहमा उहाँले सङ्घको इतिहासमा विभिन्न उतार–चढाव भए पनि छोटो समयमै सङ्घ ९२ देशसम्म विस्तार भएको जानकारी दिनुभयो । पछिल्ला करिब छ वर्ष विभिन्न परिस्थितिका कारण चुनौतीपूर्ण बनेको र त्यस अवधिमा सङ्गठन दुई भागमा विभाजित भएको उहाँले स्मरण गर्नुभयो ।

डा केसीले विभाजनभन्दा पनि एकताबाट अघि बढ्ने सोचका साथ सम्झौतापत्रमार्फत नेतृत्व हस्तान्तरण गरिएको उल्लेख गर्दै सङ्घ पुनः एकताको सूत्रमा बाँधिएको बताउनुभयो । “हामीले फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ एकताको मार्ग रोजेका हौँ । सोहीअनुसार जिम्मेवारी हस्तान्तरण गरेका छौँ”, उहाँले भन्नुभयो ।

डा केसीले भदौ २३ र २४ गते भएका घटनाले विश्वभर रहेका नेपालीलाई दुःखी बनाएको उल्लेख गर्दै यस्ता घटना भविष्यमा दोहोरिन नदिन सबै पक्ष सचेत हुनुपर्ने बताउनुभयो । विदेशमा बसोबास गर्ने नेपालीलाई निर्वाचनमा सहभागी गराउन ‘इ–भोटिङ’ प्रणाली लागू गर्न आवश्यक रहेको धारणा व्यक्त गर्दै उहाँले पहिचान जोगाउन गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घका अर्का कार्यकारी अध्यक्ष महेश श्रेष्ठले विगतमा केही समय आपसी मतभेद र असमझदारीका कारण सङ्गठन कमजोर बनेको स्वीकार गर्नुभयो । हाल बृहत् महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयनको अन्तिम चरणमा पुगेको र यसले सङ्गठनलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

श्रेष्ठका अनुसार सङ्गठनको विभाजनका कारण सङ्घप्रति अविश्वास बढेको र त्यसले गैरआवासीय नेपालीका मुद्दाहरू कमजोर बनेका थिए । “अब यस्ता विभाजन कहिल्यै दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छौँ”, उहाँले भन्नुभयो,“गैरआवासीय नेपाली नागरिकताले अझै पूर्ण अधिकार पाएका छैनन् । त्यसका लागि र विद्यमान कानुन संशोधन गरी लगानीमैत्री वातावरण बनाउन सरकारसँग मिलेर काम गर्न गर्छौं ।”

संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाली संस्कृति र संस्कारसहितको आर्थिक विकासका लागि गैरआवसीय नेपालीहरू सहयोग गर्न तयार रहेको बताउनुभयो । संस्थापक अन्तरराष्ट्रिय संयोजक भीम उदासले एकता महाधिवेशनले सकरात्मक सन्देश दिएको भन्दै खुसी व्याक्त गर्नुभयो । रासस