१५ श्रावण २०८३, शुक्रबार
,
Latest
पाँचबुँदे मागसहित माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनसन जारी कोशी र मधेसको अवस्थाबारे सभापति थापाले गरे पार्टी नेतासँग छलफल हिमपहिरोमा बेपत्ता नेपाली आरोहीको खोजीमा पाकिस्तानसँग समन्वय जारी छ: पर्यटन विभाग मधेसको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाह र मधेसवादी दलबीच छलफल धनुषामा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको पुष्टि, घटनालाई धर्मसँग नजोड्न प्रहरीको आग्रह सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै प्रतिफल नदिने पूर्वाधारमा ऋण लगानी गर्दा मुलुक संकटतर्फः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर



अ+ अ-

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले पैसाको सदुपयोग गर्न जान्नुपर्ने बताउनुभएको छ ।

सोमवार ग्लोवल मनी विकलाई सम्बोधन गदैँ पैसाको सदुपयोग गर्न नजान्दा धेरै अप्ठ्यारो पर्न सक्ने बताउनुभएको हो ।

बैंकबाट लिएको ऋणको सदुपयोग नगरी अन्यत्र खर्च गर्दा कालोसूचीसम्ममा पर्ने र त्यसले पुस्तालाई ठूलो अप्ठ्यारो पर्ने गरेको गभर्नर पौडेलले बताउनु भयो ।

गभर्नर पौडेलले भन्नुभयो–‘पहिलापहिला जमनामा ऋण तिर्न जानेन भने तपाइलाई जिन्दगीभर कमरो बनाइदिन्थे । तपाइले अरुका लागि काम गर्नुपथ्यो ।

तपाइको बा, हजुरबाले त्यतिबेला राम्रोसँग पैसा चलाउन जान्नु हुँदैन्थ्यो । त्यतिबेला जे गर्छु भनेर पैसा लग्नुभयो, गरेनन् । ऋण सदुपयोग गरेनन् ।

अहिले पनि अरुको पैसा लिएर गएर दुरुपयोग गरियो भने त्यसको क्षति धेरै ठूलो हुन्छ । त्यो बुझ्न एकदमै जरुरी छ । पैसा भनेको राम्रोसँग चलाउने चिज हो । पैसा सदुपयोग गर्ने चिज हो । मेहनत गरेर कमाएको चिज हो । सदुपयोग गरेर चलाउनुपर्छ ।’

गभर्नर पौडेलले पैसा कमाउनु मेहनतको प्रतिफल भएको बताउनु भयो । उहाँकाअनुसार मेहनतले कमाएको पैसालाई ख्याल गर्नुपर्छ । अनावश्यक ठाउँमा पैसा खर्च गर्न नहुने उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल