५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

एकै दिन १२० चिनिया पक्राउ परे, गिरोहलाई पक्राउ गर्न चिनिया दूतावास नै सक्रिय

एकै दिन १२० चिनिया पक्राउ परे, गिरोहलाई पक्राउ गर्न चिनिया दूतावास नै सक्रिय
अ+ अ-

काठमाडौं । पर्यटक भिसामा नेपाल प्रवेश गरेर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका चिनियाँ अपराधीको ठूलो गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले सोमबार राजधानीका मनमैजु, बूढानीलकण्ठ र महाराजगन्ज क्षेत्रबाट एकै दिन १ सय २० जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । नेपाल प्रहरीले चिनियाँ अधिकारीसमेतको सहयोगमा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले सोमबार थालेको कारबाहीमा समेत नेपालस्थित चिनियाँ दूतावासको प्रत्यक्ष संलग्नता रहेको स्रोतको दाबी छ । फिलिपिन्समा यस्तै प्रकृतीको अपराधमा संलग्न ६ सय १ जना चिनियाँ नागरिक केही दिनअघि पक्राउ परेका थिए । यस्तै कम्बोडिया, भियतनाम, लाओस, इण्डोनेसिया र मलेसियालगायत देशमा समेत यस्तै प्रकृतिको अपराध बढेपछि चीन सरकारको अनुरोधमा कारबाही अघि बढेको थियो । त्यहाँबाट भागेको समूह नेपालमा सक्रिय रहेको सूचनापछि दूतावासको आग्रहमा कारबाही सुरु गरिएको स्रोत बताउँछ ।

प्रहरीका अनुसार काठमाडौंबाट पक्राउ परेकाहरुले घर नै भाडामा लिएर व्यवस्थित रूपमा कार्यालय नै खोलेर अवैध गतिविधि सञ्चालन गरिरहेको सूचना प्रहरीले पाएको थियो । सो आधारमा प्रहरीले संयुक्त टोली बनाएरै चिनियाँ नागरिकको ठूलो समूहलाई पक्राउ गरेको हो । नेपाल बसेर इन्टरनेटका माध्यमबाट चीन र नेपाल दुवैतर्फ आर्थिक अपराधका घटना घटाइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले नेपाल बसेर विभिन्न किसिमका आपराधिक क्रियाकलाप गर्दै आएका १ सय २० जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको बताए । ‘पक्राउ परेकाहरू इन्टरनेटमार्फत आर्थिक अपराधका घटनामा संलग्न रहेको पाइएको छ, एउटै घरमा २५ देखि ३० जनासम्म बसेर काम गरिरहेका उनीहरू चीन र नेपालमा विभिन्न किसिमका आपराधिक घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाउँछ,’ काठमाडौं परिसर प्रमुख सुवेदीले भने ।

पक्राउ परेकाहरूका साथबाट ४ सय बढी ल्यापटप, मोबाइल फोन, सिम कार्डलगायतका सामान बरामद भएको छ । विदेशमा समेत उनीहरूले काठमाडौंबाटै साइबर अपराध गर्ने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो । महानगरीय अपराध महाशाखा टेकुका प्रमुख एसएसपी सहकुल थापाले पक्राउ परेकाहरू एउटै देशबाट आएको पाइएको र नेपाल प्रवेश गरेर घर नै भाडामा लिई शंकास्पद गतिविधि सञ्चालन गरिरहेको पाइएको जानकारी दिए । पक्राउ परेकाहरूलाई काठमाडौं प्रहरी मातहतका विभिन्न वृत्त र प्रभागमा राखेर अनुसन्धान थालिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकारीले उनीहरू वित्तीय ठगी गर्न नेपाल प्रवेश गरेको पाइएको र उनीहरूको साथबाट बरामद ल्यापटप तथा मोबाइलको वैज्ञानिक अनुसन्धानपछि थप कुरा खुल्ने बताए । यसअघि बैंक ह्याकिङ प्रकरणमा संलग्न आठ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू दरबारमार्गस्थित नबिल बैंक, प्रभु बैंकलगायतका एटीएमबाट पैसा झिक्दै गरेको अवस्थामा पक्राउ परेका थिए ।

यसैगरी, लागूऔषध कारोबारमा समेत विदेशीहरू नेपालमा उल्लेख्य रूपमा पक्राउ पर्ने गरेका छन्। नेपालमा लागूऔषधको कारोबारमा पक्राउ पर्ने विदेशीहरूमा म्यानमार, जाम्भिया, नाइजेरियालगायत दक्षिण अफ्रिकी मुलुकसहित छिमेकी मुलुक चीन, बंगलादेश, पाकिस्तानसहित सबैभन्दा बढी भारतीय रहने गरेका छन् । राजधानी दैनिकबाट