१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले दिए भारतीय राजदूतलाई करुवा उपहार



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीलाई करुवा उपहार दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदूत पुरीले प्रधानमन्त्री ओलीसँग बिदाइ भेट गरेका हुन् ।

मंगलबार भेटवार्ताका अवसरका प्रधानमन्त्री ओलीले राजदूत पुरीको कार्यकालमा नेपाल-भारत सम्बन्धमा नयाँ आयाम थपिएको भन्दै प्रशंसा गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पछिल्लो समय नेपाल-भारत सीमा समस्या समाधानका लागि भारतले औपचारिक रुपमा पत्र पठाउनुमा राजदूत पुरीको भूमिका रहेको भन्दै प्रधानमन्त्रीले धन्यवाद दिएको थापाले जानकारी दिए ।

मार्च २५, २०१७ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका पुरीको ३ वर्षे कार्यकाल सकिएको छ । उनी केही दिनपछि नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।