१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौन्दर्य प्रतियोगिता मिस ग्ल्याममा २० जना युवती छनोट



अ+ अ-

काठमाडौं । सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपालको अन्तिम प्रतिस्पर्धीका रुपमा २० जना युवती छनोट भएका छन् । बिभिन्न अडिशनबाट २० जना युवतीलाई अन्तिम प्रतिस्पर्धीका लागि छानिएको मिस ग्ल्याम नेपालका अध्यक्ष अशोककुमार तामाङले जानकारी गराए ।

प्रतियोगिताले किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने र नेपाली पोशाकलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिएको अध्यक्ष तामाङलेले बताए ।

सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, आत्मविश्वास अभिवृद्धि, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षणलगायतका अन्य विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने म्यानेजिङ डाइरेकटर सुस्मिता गालेले जानकारी गराइन । त्यस्तै प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागी गराइनेछ ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी माघ ४ गते राजधानीको छायाँ सेन्टरमा हुँदैछ । प्रतियोगिताको ब्राण्ड एम्बेशडरमा गायक बुद्ध लामा रहेका छन् ।