५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस मासिन लागेको होइन, नयाँ ढंगले ‘रिस्ट्रक्चरिङ’ गर्नुपर्ने बेला आयोः सिटौला



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेस मासिन लागेको नभइ अब उठ्ने बाटोमा लागिसकेको दाबी गरेका छन् ।

बुधवार पर्टीबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यहरुबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टी अब उठ्ने बाटोमा लागिसकेको दाबी गरे। पार्टीको वर्तमान दुरावस्था र भविष्यका बारेमा पत्रकारहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले काँग्रेसले इतिहासमा यस्ता अप्रत्याशित परिणामहरू पहिले पनि भोगेको स्मरण गराए ।

उनले बदलिएको परिस्थितिअनुसार पार्टीलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

विशेष महाधिवेशनलाई आफूहरूले अहिलेसम्म उचित नठानेको स्पष्ट पार्दै उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला छिटो आओस् भन्ने चाहना व्यक्त गरे। उनले पार्टीको आन्तरिक विषयमा बिस्तारै र गम्भीर रूपमा छलफल गर्दै निष्कर्षमा पुग्ने विश्वास समेत व्यक्त गरे ।