३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

उपत्यकामा बढे स्वासप्रस्वासका विरामी, मन्त्रालय भन्छ- अत्यावश्यक काम बाहेक बाहिर ननिस्कनु

उपत्यकामा बढे स्वासप्रस्वासका विरामी, मन्त्रालय भन्छ- अत्यावश्यक काम बाहेक बाहिर ननिस्कनु
फाइल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा केही दिन यतादेखि सास फेर्न गाह्रो हुने समस्या बढेको छ । यहाँ आँखा पोल्ने, नाक पिरो हुने, घाँटी खसखसाउने, टाउको दुख्ने र सास फेर्न गाह्रो हुने जस्ता समस्या दिन प्रतिदिन बढ्दो देखिएको छ । काठमाडौं उपत्यकाबासीले यस्ता समस्याहरु झेलिरहेको बताएका छन् ।

यहाँका अस्पतालहरुमा पनि यस्तो समस्याका विरामीहरु पहिलेका तुलनामा अत्यधिक मात्रामा बढी आउने गरेका छन् । काठमाडौँका केही अस्पतालहरुले सास फेर्न गाह्रो भएर आइसियूमा भर्ना हुने विरामीको संख्या केही दिनयता ह्वात्तै बढेको जनाएका छन् ।

आँखा एक्कासी पिरो हुने र हेर्न नसकी आँशु बग्ने, तथा यसको केही बेरमा आँखाको गेडी समेत दुख्न थाल्ने जस्ता समस्याहरु यहाँका बासिन्दामा बढेको देखिएको छ । यहाँको मौसम पनि त्यस्तै देखिएको छ । केही दिनदेखि काठमाडौँ उपत्यकाको आकाशमा घाम देखिएका छैनन् ।

बाक्लो तुवाँलो र धुलोका कणहरुका कारण यहाँको आकाश धुम्म जस्तो देखिएको छ र अँध्यारो पनि छ । तर, यो बादल नभएर बाक्लो तुवाँलो र धुलोका कारण यस्तो भएको मौसमविदहरुले बताएका छन् । दिनहुँजसो पानी पर्ला जस्तो हुने तर पानी नखस्ने गरेको छ ।

वातावरण विज्ञका अनुसार उक्त समस्या काठमाडौंमा वायू प्रदूषण निकै अस्वस्थको तह पार गर्दा निम्तिएको हो । यहाँ पछिल्लो हप्ता वायु प्रदुषणको मात्रा निकै घातक रुपमा बढ्दो देखिएको छ ।
रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार मंगलबार मात्र काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २०६ पुगेको थियो । जबकि एक्यूआई १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ । प्रदुषणको यो हद पुग्नुलाई मानव स्वास्थ्यकमै घातक समस्या पर्न सक्ने अवस्थाका रुपमा लिइन्छ ।

२०० माथि पुग्नुलाई निकै अस्वस्थ मानिन्छ । काठमाडौं यतिखेर समग्रमा संसारकै अस्वस्थ शहरमध्ये तेस्रो स्थानमा पुगेको पनि उनीहरुको दाबी छ । त्यसैले पनि यहाँको वायुमण्डलको हावा निकै दूषित बन्दै गएको छ ।

यसैबीच यस्तो समस्याका बाबजुत पनि सरकारले कुनै नियन्त्रणात्मक र निवारणात्मक उपायहरु सुझाउन सकेको छैन । स्वास्थ्य मन्त्रालयले हिजोमात्र एक विज्ञप्ति प्रकाशन गरेर अति आवश्यक काम परेमा बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाशराज बुढाथोकीले यतिखेर यहाँको वातावरण निकै प्रदुषित भएको छ । तत्कालै यो समस्याको समस्या खोज्न गाह्रो छ । त्यसैले अहिले प्रदुषणबाट बच्न अति आवश्यक काम परेमा बाहेक घर बाहिर ननिस्कन नै उचित हुन्छ । यो हद अझै बढ्दै गयो भने सरकारले केही न केही बच्ने उपायको खोजी गर्ने नै छ ।