२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुखुम्बुमा नेपाली कांग्रेसका कार्की निर्वाचित



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की निर्वाचित भएका छन्।

मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले नौ हजार ४१४ मत प्राप्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार कल्पना राईले आठ हजार २२८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ऋषिधन राईले तीन हजार ६४२, श्रम संस्कृति पार्टीका बिएस राईले तीन हजार ३६३ मत प्राप्त गरेकाे यहाँस्थित निर्वाचन कार्यालयले जनाएको छ ।

यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कूल ८५ हजार ५१५ मतदातामध्ये ४१ हजार ४०१ मत खसेको थियो ।