९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

समानुपातिक मतगणना तीब्र, बदर मतको तथ्याङ्क अन्तिम नतिजापछि मात्र सार्वजनिक हुने

समानुपातिक मतगणना तीब्र, बदर मतको तथ्याङ्क अन्तिम नतिजापछि मात्र सार्वजनिक हुने
अ अ+ अ-

काठमाडाैँ । निर्वाचन आयोगले समानुपातिक मतगणना पनि तीब्रता दिएको छ, करिव ३ लाख मतगणना भइसकेको आयोगले जानकारी दिएको छ।

शनिबार न्युज एजेन्सी नेपालसँगको संवादमा आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले मतदानका क्रममा कति मत बदर भएको भन्ने विषय आमचासोको विषय भएको बताए। उनले भने, “अझै मत गणना बाँकी भएकाले अहिले नै बदर मतको यकिन तथ्याङ्क दिन सकिँदैन। केही स्थानबाट छिटपुट विवरण आइरहेको भए पनि एकमुष्ट तथ्याङ्क आउन बाँकी छ।”

जिसीका अनुसार कतिपय निर्वाचन क्षेत्रमा मतदाताहरू भोट हाल्नै नआएको र केही ठाउँमा अत्यन्त कम प्रतिशत मतदान भएको देखिएको छ। साथै, कतिपय मतपत्रमा कुनै चुनाव चिन्हमा सङ्केत नगरी खाली राखिएका मतपत्रहरू स्वतः बदर मानिने कानूनी व्यवस्था छ।

उनले थपे, “अहिलेसम्म मतगणना भएको विवरण र बदर मतको संख्या यकिन भएको छैन। सबै निर्वाचन क्षेत्रको नतिजा आएपछि मात्र सदर र बदर मतको कुल संख्या निकाल्न सकिन्छ र त्यसपछि बदर मतको प्रतिशत निश्चित गर्न सकिन्छ।”

निर्वाचन आयोगले प्रत्यक्षतर्फको नतिजा आउँदै गरेको क्रममा समानुपातिक मतगणनालाई पनि सँगसँगै अगाडि बढाइरहेको बताउँदै सम्पूर्ण नतिजा छिट्टै सार्वजनिक हुने जनाएको छ।