५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

ट्रस्टको घोटला छानबिनमा

ट्रस्टको घोटला छानबिनमा
अ+ अ-

काठमाडौं । नेपाल ट्रस्टका जमिन र सार्वजनिक सम्पत्ति लिजमा दिँदा सुरुआतबाटै घोटला हुने गरेको तथ्य खुलेको छ । नियम मिचेर पनि लिजमा दिइएको पाएपछि सरकारले यसविषयमा छानबिन प्रक्रिया अगाडि बढाउने भएको हो । २०६४ मंसिर ६ गते स्थापना भएको ट्रस्टको जग्गा जमिन भाडामा दिँदा विगतका सरकारले पनि अनियमितता गरेको खुलेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ट्रस्टमातहत रहेका जमिन र सार्वजनिक सम्पत्ति लिजमा दिँदा भएको भनिएको घोटालाबारे सरकारले छानबिन गर्ने बताएका हुन् ।

सत्तारूढ नेकपानिकट प्रेस संगठन नेपालका पदाधिकारीहरूको राष्ट्रिय भेला र शपथग्रहण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यसअघिका सरकारले गरेको बदमासीलाई पनि वर्तमान सरकारसँग जोडेर प्रचार भइरहेकोमा भने असन्तुष्टि जनाए । ‘कुन जमानामा सगरमाथा आरक्षको जग्गा लिजमा दिएको हो, कालीमाटीलाई लिजमा दिइयो, चुनाव हारिसकेपछि अल्पमतमा परेको सरकारका वेला बदमासी भएको छ,’ प्रधानमन्त्रीले थपे, ‘उहिलेको मितिमा दिएको कुरामा अहिलेको सरकारलाई जोडियो, तर, अहिलेको सरकार कमिसनखोर होइन, जग्गा लिजमा दिइएको बारे छानबिन हुन्छ ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले गोकर्ण रिसोर्टको विषयमा भने सरकारको बचाउ गरे । उनले कानुनअनुसार नै संरचना निर्माणका लागि अवधि बाँकी रहँदै थपेको बताए । पहिले हचुवाका भरमा गोकर्ण रिसोर्टको जग्गा लिजमा लगाइएको ओलीले दाबी गरे । ‘अहिले स्वतन्त्र विज्ञको सुझावका आधारमा सो जग्गा लिजमा दिइएको हो, पहिले नै नदिए उसले चलाउन सक्दैन,’ प्रधानमन्त्रीले भने,‘अवधि बाँकी रहँदै बन्द नहोस् भनेर लिजमा दिइएको हो, त्यसैले समय हुँदै लिज दिइएको हो ।’

समय बाँकी छँदै किन लिज दिइयो भन्ने प्रश्न उठ्ने गरेकोमा उनले केही संरचना बनाउन पनि समय लाग्ने भएकाले पहिले नै समय दिनु राम्रो भएको बताए । ‘अवधि बाँकी रहँदै कि त्यसलाई सरकारले नचलाउने भन्नुपर्यो । कि अरू केही गर्नुपर्यो,’ उनले भने, ‘जब कसैले लिजमा लिएको छ । उसले प्रगती गर्छु भन्छ । आकर्षक ढंगले सरकारलाई कर तिर्छु भन्छ भने उसले नपाउने भन्ने होइन ।’ पहिले नै लिजको समय थप भएन भने लिज लिनेले संरचना निर्माण गर्न नसक्ने उनको भनाइ थियो । ‘पहिले भएन भने उसले निर्माण गर्न सक्दैन ।

बैंकबाट ऋण लिनुपर्ने । निर्माण गर्नुपर्यो र सञ्चालन गर्नुपर्यो,’ उनले भने, ‘२० वर्षका लागि लियो । १० वर्ष निर्माण गर्नै लाग्छ । त्यसैले समय हुँदा नै लिज अवधि थप्यो भने अनुचित होइन ।’ रिसोर्टको दुई हजार सात सय ९३ रोपनी जग्गा सरकारले थप २५ वर्षलाई यति समूहलाई सञ्चालन गर्न दिएको हो । कम भाडामा ट्रस्टको जग्गा दिएको भन्दै विरोध भइराखेकेको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टीभित्र केहीले पोखेको असन्तुष्टिको पनि जवाफ दिएका छन् । ‘विरोधीका विरोध गर्ने सटर सरकारका कामले बन्द भएका छन् ।

तर हाम्रै साथीहरू विरोधमा उत्रिएका छन् । प्रदेश–२ बाट नेकपाको राष्ट्रियसभामा प्रतिनिधित्व थिएन । राजपासँग सहकार्य गरेर हामीले २ सिट जोगाएका छौँ र २ उनीहरूलाई दिएका छौँ’, ओलीले भने, ‘यसमा पनि ‘बालुवाटारमा धुँवाको मुस्लो आयो’ भनेर विरोध भइरहेको छ । नयाँ नयाँ कविजीहरू आइरहेका छन् ।’ओलीले त्यो विरोध तथ्य र तथ्यांकका आधारमा नभएको पनि आरोप लगाएका थिए । उनले तथ्य भन्दा खाली कुण्ठामात्र पोख्नेलाई पार्टीले समान व्यहार गर्नुपर्नेमा जोड दिए ।

प्रदेश–२ मा २०७४ मा भएको राष्ट्रियसभा निर्वाचनमा नेकपाले एक स्थानमा पनि नजितेको, अहिले राजपासँग सहमति भएपछि दुई सिट जित्ने पक्का भएको बताए । ‘राम्रो काम गर्दा विरोधीले त विरोध गर्थे नै, आफ्नैले पनि विरोध गरे,’ प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई कोही मान्छे मन पर्दैन होला । आनीबानी, व्यवहारका कमजोरी देखे भन्नुस् । सही नीतिले देश सञ्चालन गरेका छौँ । फेरि विरोध किन ?’ सौर्य दैनिकबाट