काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा अचुतम लामिछाने नुवाकोट निर्वाचन क्षेत्र नम्बर–२ बाट विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिएका छन्।

उनका निकटतम प्रतिस्पर्धी जगदिश्वरनरसिंह केसीले १५ हजार ५०३ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (एमाले) का उम्मेदवार केशवराज पाण्डेले आठ हजार २८५ मत पाएका छन्।
यस्तै नेपाल कम्युनिष्ट पार्टीका हिरानाथ खतिवडाले छ हजार ७२० मत प्राप्त गरेका छन् भने उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्ञानेन्द्रप्रकाश घलेले दुई हजार ७५० मत पाएका छन्।
यस क्षेत्रमा कुल १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा अन्य उम्मेदवारहरूले एक हजारभन्दा कम मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी का झनक प्याकुरेले ७७५ मत, मङ्गोल नेशनल अर्गनाइजेशनका रेञ्छेन तामाङले ४२६ मत, श्रम संस्कृति पार्टी का बिनोदकुमार तामा ले ३९६ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नवराज ढुङ्गानाले ९० मत, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का किरण तिम्सेनाले ५२ मत, नेपाल मजदुर किसान पार्टीका सुवास भट्टले २८ मत तथा आम जनता पार्टी का मानसिं गदाइलीले ११ मत प्राप्त गरेका छन्।
नुवाकोट–२ मा एक लाख २३ हजार ९३९ जना मतदाता रहेकामा ७० हजार ४५२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
न्यूजपोलार
२३ फाल्गुन २०८२, शनिबार १४:०४
न्यूजपोलार
२३ फाल्गुन २०८२, शनिबार १४:०४
२३ फाल्गुन २०८२, शनिबार १४:०४









