२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की ३: रास्वपाका उम्मेदवार गुरुङ विजयी



प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नं ३ बाट निर्वाचित हुनु भएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बिना गुरुङ । तस्बिरः युनिश गुरुङ/रासस
अ+ अ-

लेखनाथ (कास्की), २३ फागुनः गण्डकी प्रदेशबाटै प्रतिनिधिसभा सदस्यमा एकमात्र महिला उम्मेदवार वीना गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभएको छ । समाजसेवा र व्यवसायबाट राजनीतिमा लाग्नुभएकी वीना कास्की निर्वाचन क्षेत्र नं ३ बाट लोकप्रिय मतसहित निर्वाचित हुनुभएको हो ।

वीनाले ३७ हजार ७५० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत हिमलाल वेलबासेले जानकारी दिनुभयो ।

कास्की निर्वाचन क्षेत्र नं ३ मा ६५ हजार ४०७ मत खसेको थियो । वीना २५ हजार मतान्तरका साथ कास्की क्षेत्र नम्बर ३ विजयी हुनुभएको हो ।रासस