१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीको प्रदर्शनीमार्गबाट विप्लव समुहका दर्जनौ नेताहरु पक्राउ



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका एक दर्जन बढी कार्यकर्ताहरुलाई पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको प्रदर्शनीमार्गबाट आइतबार दिउँसो १३ जनालाई पक्राउ गरेको हो ।

प्रदर्शनीमार्गमा विप्लव समूह निकट विद्यार्थी अखिल क्रान्तिकारीले सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न लागिएको थियो ।

भारतले कालापानी, लिपुलेकलगायतका भूभागलाई आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शनको तयारी भइरहेको बेला प्रहरीले उनीहरुलाई पक्रेको हो । पक्राउ परेकाहरुलाई भ्यानमा राखेर पुलिस क्लबमा लगिएको छ।