७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

मधेश प्रदेशमा रास्वपाको क्लिन स्वीप, ३२ मध्ये २८ मा अग्रता

मधेश प्रदेशमा रास्वपाको क्लिन स्वीप, ३२ मध्ये २८ मा अग्रता
अ+ अ-

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले मधेश प्रदेशबाट सर्वाधिक सिट जितेर क्लिन स्वीप गर्न लागेको प्रारम्भिक रुझानबाट देखिएको छ ।

मधेश प्रदेशमा प्रत्यक्ष तर्फ कूल ३२ सिट रहेको छ । रास्वपाले परम्परागत मधेशवादी राजनीतिक दलहरु, ठूला राष्ट्रिय दलहरु नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसलाई पछि पार्दै शानदार जिततर्फ अग्रसर भएको हो ।

पछिल्लो मतपरिणाम अनुसार हाल गणना भइरहेका ३० मध्ये २८ स्थानमा रास्वपाका उम्मेदवार फराकिलो अन्तरसहित अगाडि छन् । सप्तरीका २ क्षेत्रबाट मतगणनाको विवरण प्राप्त भएको छैन । यदि यी दुई स्थानमा पनि विजयी भए रास्वपाले कम्तीमा ३२ मध्ये ३० स्थान जित्नेछ जुन पछिल्ला संसदीय चुनावमा देखिएको परिणाम भन्दा ज्यादै फरक हुनेछ ।

प्राप्त विवरण अनुसार, रास्वपाले अग्रता बनाइरहेको जिल्लागत अवस्था यस्तो छ ।

१) पर्साका चारै निर्वाचन क्षेत्र

    बुद्धिप्रसाद पन्त, सुशील कुमार कानु, रामाकान्तप्रसाद चाैरसीया र टेकबहादुर शाक्य

२) बाराका चारै निर्वाचन क्षेत्र

    गणेश धिमाल, चन्दन कुमार सिंह, अरबिन्द साह, रहबर अन्सारी

३) रौतहटका तीन निर्वाचन क्षेत्र

     राजेश कुमार चाैधरी, रवीन्द्र पटेल, गणेश पाैडेल (एकमा एमालेका उम्मेदवारको अग्रता, महम्मद अतिउल्लाह),

४) सर्लाहीका चारै निर्वाचन क्षेत्र

     अमरेश कुमार सिंह, नरेश साह कलवार, रवीन महतो र नीतिमा भण्डारी

५) महोत्तरीका चारवटै निर्वाचन क्षेत्र

      प्रमोद कुमार महतो, दीपक कुमार साह, उज्जवल कुमार झा र गाैरी कुमारी

६) धनुषाका तीन निर्वाचन क्षेत्र

      मनिष झा, राजकिशोर महतो र रामविनोद यादव) (धनुषा एकमा एमाले, रामचन्द्र मण्डल),

७) सिराहाका चारवटै निर्वाचन क्षेत्र

     बब्लु गुप्ता, शिवशंकर यादव, शम्भु कुमार यादव र तपेश्वर यादव

८) सप्तरीका दुई निर्वाचन क्षेत्र

     पुष्पा कुमार चाैधरी र सीताराम साह (२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छैन) ।