२३ श्रावण २०८३, शनिबार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाअनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।

निर्वाचन आयोगका अनुसार गणना भइरहेका ९४ निर्वाचन क्षेत्रमा आज दिउँसो २ बजेसम्म रास्वपाका ७० स्थानमा, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी छ/छ स्थानमा अगाडि छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टी तथा स्वतन्त्र उम्मेदवार एक÷एक स्थानमा अगाडि छन् । यसैगरी हालसम्म रास्वपा र कांग्रेसका एक/एक जना उम्मेदवार विजयी भएका छन् । रास्वपाका रञ्जु दर्शना १५ हजार ४५५ मतसहित काठमाडौं क्षेत्र नं १ बाट र कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी भएका छन् ।