२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहामा मतगणना सुरु, क्षेत्र नं ४ मा रास्वपाको प्रारम्भिक अग्रता



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहामा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर ४ को प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुआती अग्रता लिएको छ ।

निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार बिहान १०ः१५ बजेसम्म ८४४ मत गणना हुँदा रास्वपाका उम्मेदवार तपेश्वर यादवले ५४७ मत प्राप्त गरेका छन्। यस्तै, जनमत पार्टीका उम्मेदवार वीरेन्द्रप्रसाद महतोले ८८ र नेकपा (एमाले) का धर्मनाथप्रसाद साहले ६५ मत प्राप्त गरेका छन् ।

जिल्लाका प्रमुख निर्वाचन अधिकृत तथा क्षेत्र नं ३ का निर्वाचन अधिकारी डा श्रीप्रकाश उप्रेतीका अनुसार सिरहा, २ र सिरहा, ३ मा पनि बिहान ११ बजेदेखि मतगणना सुरु भएको छ । सिरहा, १ मा बिहान १० बजेदेखि नै मतगणना सुरु भएको निर्वाचन अधिकृत फडिन्द्रराज भट्टराईले जानकारी दिए ।