५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

भ्रमण वर्षसँगसगै दशक मनाइने, उद्घाटनको अन्तिम तयारी पूरा

भ्रमण वर्षसँगसगै दशक मनाइने, उद्घाटनको अन्तिम तयारी पूरा
अ+ अ-

काठमाडौं । सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) औपचारिक शुभारम्भ गरिने नेपाल भ्रमण वर्ष २०२० को सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल भ्रमण वर्ष सचिवालयले पत्रकारसम्मेलन गरी भ्रमण वर्षको दशरथ रंगशालामा उद्घाटन हुने भव्य समारोहको अन्तिम तयारी गरिएको जनाएको हो । राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागिएको नेपाल भ्रमण वर्षको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्नेछिन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

सोही दिन सातवटै प्रदेशका मुख्य स्थानमा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिने सचिवालयले जनाएको छ । प्रदेश–१ मा विराटनगरको रंगशाला, प्रदेश–२ मा जानकी मन्दिर परिसर, प्रदेश–३ को चितवनको सौराहा, गण्डकी प्रदेशको लेकसाइट पोखरा, प्रदेश–५ को बर्दियाको ठाकूरद्वार, प्रदेश–६ को सुर्खेत बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा उद्घाटन हुँदैछ । त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने सचिवालयले जनाएको छ ।

विभिन्न सांस्कृतिक झाँकी र प्रदर्शनीसहित उद्घाटन समारोहलाई भव्य बनाइनेछ । पत्रकार सम्मेलनमा भ्रमण वर्षको नेतृत्व गर्ने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले जनवरी १ तारिखमा काठमाडौंको दशरथ रंगशालामा भ्रमण वर्षको भव्य शुभारम्भ गरिने तथा सोही दिन सातै प्रदेशमा भ्रमण वर्षको उद्घाटनको आवश्यक तयारी पूरा गएको जानकारी दिए ।

मन्त्री भट्टराईले गत साउन १५ गते मन्त्रालयको जिम्मेवारीमा आएदेखि नै अधिकांश समय नेपाल भ्रमण वर्षका लागि खर्चिएको र भ्रमण वर्षलाई सफल बनाउन सयभन्दा बढी संघसंस्थासँग सरकारी तथा सरोकारवाला निकायसँग छलफल र बैठक गरिएको बताए । निजी क्षेत्र, गैरसरकारी संस्था, नेपालस्थित कूटनीतिक नियोग, सामाजिक क्षेत्र स्वयंमसेवी समूहलगायत क्षेत्रसँग मन्त्री भट्टराईले अन्तक्र्रिया गरी भ्रमण वर्षलाई सफल बनाइदिन अनुरोध गरेका थिए ।

मन्त्री भट्टराईले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सरकारले पर्यटनलाई प्रमुख प्राथमिकताको क्षेत्रको रूपमा लिएको र प्रधानमन्त्रीको समृद्ध नेपाल सुखी नेपाली अवधारणालाई सार्थक तुल्याउने उपयुक्त माध्यम पनि पर्यटन क्षेत्र नै भएकाले यसको विकास प्रवद्र्धनमा आम नेपाली सक्रियरूपमा लाग्नुपर्नेमा जोड दिए । ‘राष्ट्रिय एकता कायम गरेर यो भ्रमण वर्षलाई राष्ट्रिय उत्सव तथा राष्ट्रिय महाअभियानको रूपमा कसरी लैजान सकिन्छ र पर्यटनको क्षेत्रमा राखेका दीर्घकालीन योजना पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित भएका छौँ’, उनले भने ।

मन्त्री भट्टराईले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रमुख आधार पर्यटनलाई बनाउन आर्थिक र सामाजिक असमानताको अन्त्य गर्दै राष्ट्रिय पूँजीको विकास गरेर समतामूलक समाज निर्माणमा पर्यटन क्षेत्रको योगदान बढाउनुपर्नेमा जोड दिए । मन्त्री भट्टराईले भ्रमण वर्ष अभियानमा मुलुकलाई जुरुक्कै उठाएर विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको सन्देश दिनुरहेको उल्लेख गरे ।

नेपाल पर्यटनका लागि संसारकै एक अद्वितीय पर्यटकीय गन्तव्य हो भनेर दुनियाँलाई थाहा दिनुका साथै विश्वभरिका लगानीकर्तालाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी दिनु पनि भ्रमण वर्षको मुख्य उद्देश्य भएको उनको भनाइ थियो ।‘संख्या त छँदैछ, हामीले त्योभन्दा बढी विश्व समुदायमा नेपालको बारेमा दिइने सन्देश र देशभित्र पैदा गर्ने जागरण र सचेतनालाई प्रमुख मानेका छौंँ’, उनले भने । २० लाख पर्यटक आउँदै गर्दा देशलाई के फाइदा हुनेछ, पर्यटनमा कति गुणस्तरीयता आउने छ, पर्यटन क्षेत्रबाट राजश्व तथा रोजगारी कति बढ्नेछ भन्ने आधारमा समग्र आर्थिक वृद्धि, प्रतिव्यक्ति आय एवं कुल गार्हस्थ उत्पादन (जिडिपी) मा यसले पुर्याउने योगदानलाई हेर्न सकिने उनको भनाइ छ ।

‘पर्यटनमा गुणस्तरीयता, बजारीकरण र ‘ब्राण्डिङ’मा कस्तो परिवर्तन आउने छ भन्ने प्रश्नलाई केन्द्रमा राखेर नै हामीले अभियान चलाएका छौँ’, पर्यटनमन्त्रीले भने । भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले भ्रमण वर्षको उद्घाटन समारोहलाई भव्य र व्यवस्थित गर्न सबैखाले तयारी गरिएको जानकारी दिए । उद्घाटन समारोहका दिन दशरथ रंगशालामा तीन रंगको पास वितरण गरिएको छ सेतो, पहेँलो र निलो । जुन सेतो सर्वसाधारणका लागि, पहेँलो विशिष्ट पाहुनाका लागि र नीलो अति विशिष्ट पाहुनाका लागि विशेष कार्ड बनाइएको छ ।

सञ्चारकर्मीका लागि विशेष पास तथा स्थान छुट्याइएको छ । अपराह्न ४ बजे सुरु हुने उद्घाटन समारोहमा दिउँसो ३ बजेभित्रै प्रमुख अतिथि र विशिष्ट पाहुनाबाहेक सबै रंगशाला छिरिसक्नुपर्नेछ । ठीक ४ बजे राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशको उपस्थिति हुनेछ । समारोहमा मुख्य राजनीतिक दलका शीर्षस्त नेता तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेता सहभागी हुनेछन् । विभिन्न संगीत ब्याण्ड तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको विशेष प्रस्तुति रहनेछ ।

नेपालको संस्कृति, सम्पदा, वेषभूषा र रहनसहनलाई प्राथमिकता राखेर उद्घाटन समारोहलाई भव्य बनाउने तयारी गरिएको संयोजक वैद्यले बताए । उद्घाटन समारोहलाई नेपालमा हालै सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताजस्तै भब्य बनाइने उनले बताए । नेपाल भ्रमण वर्ष २०२० लाई प्रारम्भको रूपमा लिएर आगामी सन् २०२० सम्मलाई पर्यटक दशकका रूपमा मनाइने भएको छ ।

नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भ्रमण वर्षको पूर्वसन्ध्यामा डिसेम्बर २५ देखि नै विभिन्न कार्यक्रम गरिएको जानकारी दिए । उनका अनुसार भारत चीनलगायत मुलुकका पर्यटनमन्त्री तथा पाहुना मंगलबारसम्म काठमाडौं आइपुग्नेछन् भने १८ देशका विभिन्न सञ्चार माध्यमका ३५ जनप्रतिनिधि पनि भ्रमण वर्षको उद्घाटनमा सहभागी हुनेछन् । सौर्य दैनिकबाट