३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

निर्वाचन प्रणालीका कारण स्पष्ट बहुमत आउन कठिन : सुरेन्द्र पाण्डे

निर्वाचन प्रणालीका कारण स्पष्ट बहुमत आउन कठिन : सुरेन्द्र पाण्डे
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण नेपालमा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत ल्याउन कठिन हुने बताएका छन्।

पूर्वी चितवनको राप्ती नगरपालिका–५ स्थित मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनपछि पनि देशले तत्काल राजनीतिक स्थायित्व पाउनेमा आशंका व्यक्त गरे।

पाण्डेले अहिलेको निर्वाचनलाई भदौ २३–२४ पछिको राष्ट्रिय राजनीतिक अवस्थाको मूल्यांकन गर्ने महत्वपूर्ण कडीका रूपमा व्याख्या गरे।

उनका अनुसार निर्वाचन प्रणालीमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक प्रतिनिधित्वको व्यवस्था रहेकाले कुनै पनि दलले एकल बहुमत ल्याउनु निकै कठिन रहेको छ। यस्तो अवस्थामा बहुमत ल्याउनु फलामको चिउरा चपाउनु सरह हुने उनको भनाइ छ।

निर्वाचनको परिणामबारे आफ्नो विश्लेषण प्रस्तुत गर्दै उनले विगतका निर्वाचन परिणामले पनि यही प्रवृत्ति देखाएको बताए। उनका अनुसार २०७४ को निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रबिचको सहकार्यले ठूलो सफलता हासिल गरेको थियो, जहाँ दुवै दल मिलेर १७४ सिट जितेका थिए। त्यसमध्ये एमालेले १२१ सिट र माओवादीले ५३ सिट जितेका थिए। तर त्यसबाहेकको अवस्थामा एकल दलले स्पष्ट बहुमत ल्याउने सम्भावना न्यून देखिने उनको भनाइ छ।

पाण्डेले राजनीतिक स्थायित्व, शान्ति र आर्थिक समृद्धिका लागि निर्वाचनपछि मुलुकले स्पष्ट दिशा लिन आवश्यक रहेको बताए। आर्थिक विकासले समाजमा सन्तुष्टि बढाउने भए पनि राजनीति केवल आर्थिक पक्षले मात्रै निर्धारण नहुने उनको तर्क थियो।

छिमेकी बङ्गलादेश को उदाहरण दिँदै उनले त्यहाँ चुनावसँगै जनमत सङ्ग्रह गरी प्रधानमन्त्रीको कार्यकाल र संसदको स्वरूपबारे निर्णय गरिएको प्रसंग उल्लेख गरे। तर नेपालमा भने संविधानका महत्वपूर्ण एजेण्डालाई थाँती राखेर सरकार गठन र प्रधानमन्त्री चयनमै राजनीतिक दलहरू केन्द्रित भएको उनले टिप्पणी गरे।

उनले डिजिटल युगले पनि राजनीतिमा नयाँ चुनौती थपेको बताए। डिजिटल सूचना, गलत सूचना तथा सामाजिक सञ्जालको प्रभावले विश्वभरको राजनीतिमा असर पारिरहेको उल्लेख गर्दै उनले नेपालमा पनि यसको प्रभाव देखिन थालेको बताए।

पाण्डेले अन्तरिम सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा धन्यवाद व्यक्त गरे। अन्तरिम सरकारले निर्वाचन गराउन नसक्ने आशंका भइरहेका बेला सुशीला कार्की नेतृत्वको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको भन्दै उनले आभार व्यक्त गरे।