१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा
अ अ+ अ-

काठमाडौँ। पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा रहेका १९ लाखभन्दा बढी नेपालीहरू असहज अवस्था रहेका छन् ।

संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानविरुद्ध शनिबार गरिएको संयुक्त सैन्य आक्रमणपछि इरानले त्यसको प्रत्याक्रमण गर्दा पश्चिम एसियाको स्थिति तनावपूर्ण बन्दै गएको छ । सुरुमा सो क्षेत्रका मुुलुकमा रहेका अमेरिकी सेनाका अखडाहरूलाई निशाना बनाएको इरानले पछिल्लो दिनमा विमानस्थल, पेट्रोलियम प्रशोधन केन्द्रलगायत संवेदनशील स्थानमा समेत आक्रमण गर्न थालेको छ ।

युद्ध लम्बिँदै जाँदा त्यस क्षेत्रका मुलुकमा रहेका १९ लाखभन्दा बढी नेपाली थप अन्योलमा परेका छन् । अर्कातिर त्यस क्षेत्रका दर्जनौँ उडान रद्द हुँदा त्यहाँ जाने तयारी अवस्थामा रहेका र स्वदेश फर्कने क्रममा रहेका नेपालीहरू अलपत्र परेका छन् ।

यसैगरी संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित जायेद अन्तरराष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा परी गोरखाका दिवस श्रेष्ठको यही फागुन १७ गते निधन भएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । नेपाल सरकारले श्रेष्ठको शव स्वदेश ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

नेपाल सरकारले सबै सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन सम्बन्धित सबैलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले सम्भावित उद्धारका लागि ‘र्‍यापिड एक्सन टिम’ गठन गरी अप्ठ्यारोमा परेका नेपालीलाई सम्बन्धित मुलुकसँग सम्पर्क गरी आवश्यकताअनुसार उद्धार प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

सो क्षेत्रका नेपाली नागरिकको सुरक्षा नेपाल सरकारका लागि उच्च प्राथमिकतामा रहेको मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले त्यस क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित रहन, नआत्तिन र सम्बन्धित मुलुकले जारी गरेको सुरक्षासम्बन्धी सूचना पालना गर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपालीको सुरक्षाका लागि सरकारले आवश्यक काम र पहल गरिरहेको बताउनुभयो । मन्त्रालयले द्वन्द्वका क्रममा सर्वसाधारण नागरिकहरूको सुरक्षा, सुरक्षात्मक व्यवस्था तथा संरक्षण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग पुनः आग्रह गरेको छ । साथै सम्बन्धित जेनेभा महासन्धिहरू तथा अन्तर्राष्ट्रिय मानवीय कानुनका प्रावधानहरूको सधैँ पूर्ण रूपमा सम्मान तथा पालना गरिनुपर्ने मन्त्रालयको जोड छ ।

पश्चिम एसिया र आसपासका मुलुकमध्ये हाल इरानमा छ जना, इजरायलमा छ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५ हजार, कतारमा तीन लाख ५७ हजार, कुवेतमा एक लाख ७५ हजार, जोर्डनमा तीन हजार, बहराइन २८ हजार, साउदी अरबमा तीन लाख ८४ हजार ८६५, संयुक्त अरब इमिरेट्समा श्रम स्वीकृति लिएर गएका चार लाख ७८ हजार १४४ र भिजिट भिसामा गएका चार लाख ३७ हजार ४४ जना, लेबनानमा एक हजार ५००, इराकमा ३० हजार र साइप्रसमा १७ हजार गरी हाल करिब १९ लाख ४४ हजार ४७२ जना नेपाली नागरिक रहेका छन् । रासस