७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

संसद विघटन मुद्दाः सर्वोच्चले गुमाएको एउटा अवसर

संसद विघटन मुद्दाः सर्वोच्चले गुमाएको एउटा अवसर
अ+ अ-

काठमाडौँ । गएको भदौ महिनाको २३ र २४ गते राजधानी काठमाडौँ सहित मुलुकभर नै एक प्रकारको आन्दोलनको आँधीबेहरी नै आयो । जेनजी पुस्ताले फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द खुलाउन काठमाडौँको माइतीघर मण्डलामा जम्मा भएका थिए भदौ २३ गते । त्यो आन्दोलनलाई भड्काइयो र संसद भवनतिर पुर्याइयो ।

विद्यार्थीहरुको स्कुल र कलेजको पोशाकसहितको त्यो शान्तिपूर्ण प्रदर्शनलाई संसद भवन, बानेश्वर पुर्याएर प्रहरीमाथि र संसद भवनमाथि नै आगजनी गर्न लगाइयो । तत्कालीन सरकारका प्रधानमन्त्री केपी ओलीको भनाई अनुसार सो आन्दोलनमा घुसपैठ भयो र संसद भवन जलाउने काममा उत्तेजित बनाइयो ।

त्यसपछि प्रहरीले तिनै विद्यार्थीहरुमाथि अन्दाधुन्ध गोली चलायो र पहिलो दिन अर्थात् २३ गते नै २२ जना कलिला नानीबाबुहरुको ज्यान गयो । त्यसपछि भोलिपल्ट भड्किएको आन्दोलनले देशको  ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति  पुर्यायो । जेन जीहरुको नाममा देशका सिंहदरबार, सर्वाेच्च अदालतदेखि ठूला ठूला संरचनामा आगो झोसियो र खरानी बनाइयो ।

त्यो आन्दोलनले देशको राजनीतिमा कायापलट गरिदियो । प्रधानमन्त्री, मन्त्रीहरु नेपाली सेनाको सुरक्षा घेरमा सीमित भए । प्रधानमन्त्री हेलिकोप्टर चढेर भागेको दृष्य टिभीमै देखाइयो भने तत्कालीन परराष्ट्र मन्त्री डा आरजु राणा देउवाका साथै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई घरमै गएर कुटपिट गरियो । सो दम्पत्ति सहित अरु पनि कैयौँ नेताको घर जलाएर खरानी बनाइयो । त्यसपछि संसद विघटन भएर नयाँ सरकारको गठन पनि भयो ।

आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटनको निम्ति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्यो । मन्त्रिपरिषद्को सिफारिसकै आधारमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए । उक्त विघटनसँगै राष्ट्रपति पौडेलले यही फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको घोषणा पनि गरे ।

सो संसद विघटनको कदम असंवैधानिक भएको राजनीतिक दलहरुले बताए । तर त्यसमाथि कानुनी प्रश्न भने नेकपा एमालेले मात्र उठायो । एमाले सो चुनावमा नजाने र संसद पुनस्र्थापना हुनुपर्ने भन्दै आन्दोलित हुने निर्णय गर्यो । तर, त्यो निर्णय लामो टिकेन, अन्तत संसदको निर्वाचनमा सहभागी हुने निर्णयमा एमाले पुग्यो ।

तर, एमालेले सरकारको उक्त कदम असंवैधानिक भएको भन्दै संसद् पुनस्र्थापनाको मागसहित सर्वाेच्च अदालतमा रिट दायर गर्यो । अरु पार्टी भने मौन रहे । कांग्रेस र माओवादी चुनावमा जाने नै निष्कर्षमा पुगे ।

सर्वोच्चले उक्त रिटमाथिको सुनुवाइलाई पनि निरन्तरता दियो । तर, त्यो अहिले पनि पेशी सारेको सारै अवस्थामै सीमित छ । समयमै उसले यसको निर्णय अथवा भनौँ फैसला दिन सकेको अवस्था छैन । उता समयमै सर्वोच्च अदालतले यो मुद्दाको सुनुवाई र फैसला नदिएको भन्दै एमालेले विभिन्न टिकाटिप्पणी गर्दै आइरहेको छ । एमालेले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइमा आलटाल गरेको भन्दै सर्वोच्च अदालतमाथि नै असन्तुष्टि जनाएको छ ।

सर्वोच्च अदालतको आलटालले प्रतिनिधिसभा विघटन संवैधानिक परीक्षणमा नलैजानु संवैधानिक सर्वोच्चताको स्थापित गर्ने मान्यताको गम्भीर विचलन भएको समेत ठहर एमालेले गरेको छ ।

अब मतदानका २ दिनमात्र बाँकी छन् । आजको दिन गैहाल्यो, भोलि र पर्सीको कुरा हो, बिहीबार मतदान भैहाल्यो । तर यता सर्वोच्चको मुद्धा भने पेशीको पेशीमै छ । यसको सुनुवाई त हुन्छ, तर पेशीमै सीमित रहन्छ ।

जुन पार्टीले मुद्धा दायर गर्यो, त्यो पार्टीले प्रश्न उठाएकै छ, तर यता निर्वाचनको मतदानका पनि अब २ दिनमात्र बाँकी छन् । भनेपछि यो गएको ६ महिनाको अवधिमा सर्वाेच्च अदालतले एक प्रकारले भन्ने हो भने अवसर नै गुमाएको भन्दा हुन्छ ।

यस्तो विषम परिस्थितिमा र राष्ट्रकै एक प्रकारले भन्ने हो भने यस्तो संवेदनशील विषयमा सर्वोच्च जस्तो निकायले समयमै निर्णय दिन सक्नुपर्दथ्यो । तर, त्यसो नगरेर सर्वाेच्चले एक प्रकारले भन्ने हो भने आफूले उचित अवसर गुमायो भन्दा फरक पर्दैन ।