१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

वृहस्पति विद्या सदनमा हरिवंश आचार्य



अ+ अ-

काठमाडौं । वरिष्ठ हाँस्यकलाकार हरिबंश आचार्यले नेपालमा कलाकारिताबाट नाम र दाम कमाउन सकिने वातावरण बनिसकेको बताउनुभएको छ ।

बृहस्पति विद्यासदनको वार्षिक नाटक मञ्चन कार्यक्रममा आचार्यले नाटकबाट कला, संस्कृतिका बारेमा सिक्न सकिने र नेपालमा कलाकारिता गरेर नै बाँच्ने आधार तय भएको बताउनुभएको हो । कुनै समय अभिभावकहरुले आफ्नो सन्तानलाई डाक्टर र इञ्जिनियर बनाउने सपना देख्ने गरेकोमा अहिले राम्रो कलाकार र डाइरेक्टर बनाउने सपना देख्ने गरेको उहाँले बताउनुभयो । ‘पहिले पहिले अभिभावकहरुले तपाईको छोराछोरीर्ला के बनाउने भन्दा डाक्टर बनाउने भन्नुहुन्थ्यो, इञ्जिनियर बनाउने भन्नुहुन्थ्यो तर आजकल एक्टर बनाउने, डाइरेक्टर बनाउने पनि भन्नथाल्नुभएको छ’, उहाँले भन्नुभयो ।

विद्यालयका प्रिन्सिपल कुमार थापाले प्रस्तुत नाटकले सबैसँग मिलेर बस्ने, प्रकृतिमा भएका सबैलाई माया गर्ने भन्ने सन्देश प्रदान गर्ने बताउनुभयो । उहाँले नाटकबाट विद्यार्थीहरुमा मिलेर काम गरे कति गर्न सकिन्छ । ठूलो मासमा पनि प्रस्तुति दिन सकिने रहेछ भन्ने भावनाको विकास हुने बताउनुभयो ।

विद्यासदनको वर्षिक कार्यक्रम नाट्यमणि अन्र्तगत ‘द ह्याप्पी प्रिन्स’ लगायत तीन वटा नाटक प्रस्तुत गरेको छ । ‘द ह्याप्पी प्रिन्स’ जेन्नी सुनुवारले निर्देशन गर्नुभएको नाटक हो ।