१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

‘मौन अवधिमा सञ्चारमाध्यमको दायित्व बढी’

‘मौन अवधिमा सञ्चारमाध्यमको दायित्व बढी’
अ अ+ अ-

काठमाडौँ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा प्रेस काउन्सिल नेपालले ‘मौन अवधि र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

अनलाइन पत्रकार सङ्घको संयोजनमा भएको उक्त अन्तरक्रियामा निर्वाचनको मौन अवधिमा सञ्चारमाध्यमले के गर्न हुने ? के गर्न नहुने ? एवं सञ्चारमाध्यमको भूमिका कस्तो रहने ? भन्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार इङ्नामले मतदातालाई अवाञ्छित तरिकाले प्रभावित पार्ने गरी कुनै पनि सामग्री तथा सङ्केत विषयवस्तु सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

“मतदातालाई अवाञ्छित तवरबाट प्रभावित पार्ने गरी सङ्केत, चिह्न, विवरण अथवा त्यस्ता सामग्री प्रकाशन÷प्रसारण गर्नुहुँदैन, ती कुराको परिपालना राजनीतिक दलमात्रै होइन, अरुले पनि गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधि निर्वाचनको शुन्य समय भएकाले राष्ट्रपतिबाट निर्वाचनको घोषणा भएबाट नै सञ्चारजगतले सकारात्मक भूमिका खेलेको बताउनुभयो । उहाँले पछिल्लो समय झुटा प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग अति नै भइरहेको उल्लेख गर्दै आयोगले सञ्चार जगतबाट गलत प्रचार रोक्ने भूमिकाको अपेक्षा गरेको बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त भण्डारीले मौन अवधिपूर्व सम्प्रेषण भएका दलपक्षीय सामग्री एवं प्रचारात्मक सामग्री सेयर हुनेतर्फ सचेत गराउनुभयो ।

“मौन अवधि अगाडि आचारसंहिता लागु भइसकेपछि दल र दलका उम्मेदवारले मनोनयन दर्ता गरेपछि विविध प्रकारका साम्रगी आए, अब मौन अवधि सुरु भएपछि दलका घोषणापत्र नीति तथा कार्यक्रम आदिको घनिभूत रूपमा छलफल गरेर सम्पूर्ण विश्लेषण गर्ने दायित्व छ”, उहाँले भन्नुभयो  । प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदाता शिक्षा र निर्वाचन आयोगका सामग्री सम्प्रेषणमा जोड दिन आग्रह गर्नुभयो ।

काउन्सिलका अध्यक्ष डा कुमार शर्मा आचार्यले मौन अवधि झन् संवेदनशील समय भएकाले सञ्चारमाध्यमको दायित्व स्वतः बढ्ने हुनाले समाचार सम्प्रेषणमा गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष एवं काउन्सिलका सदस्य निर्मला शर्माले निर्वाचनको पूर्वसन्ध्यामा डिजिटल प्लेटफर्ममार्फत पर्नसक्ने भूराजनीतिक असरका विषयमा पनि सञ्चारमाध्यम सजग रहनुपर्ने बताउनुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार प्राध्यापक रामकृष्ण भण्डारीले मौन अवधिको आचारसंहिता पूर्णपालना हुनैपर्ने जिकिर गर्नुभयो । निवार्चन अघि र मतदान अवधिमा मतदाता प्रभावित पार्ने सामग्री सञ्चारमाध्यमले सम्प्रेषण गर्दा त्यसको असर गुणात्मक रूपमा बढ्ने उहाँको भनाइ थियो । उहाँले निर्वाचनको पूर्वसन्ध्यामा कसैको पक्ष र विपक्षका सामग्री देख्दा मतदाताको स्वभाव र शैलीमा तत्काल असर गर्ने बताउनुभयो । विश्वका कतिपय मुलुकले नेपालको निर्वाचन पद्धतिबाट सिको गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा पत्रकार बैरागी जेठा, चुडामणि कोइराला, केपी ढुङ्गाना, धनबहादुर मगर, पवित्रा सुनार, भीम आत्रेय, सुशन धमला, नवराज चालिसे, अनुपराज ढुङ्गेल र राजिव तिमिल्सेना, विद्यार्थी अन्जना शाही शर्मा, प्रकाश कपाली लगायतले जिज्ञासा राखेका थिए । जिज्ञासाको जवाफ दिँदै प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्यालले निर्वाचनका बेला पत्रकार आकर्षित हुने सम्पूर्ण विषय काउन्सिलले आफ्नो दायित्व कर्तव्यअनुसार गरिरहेको प्रष्ट पार्नुभयो । उहाँले पत्रकार र सञ्चारमाध्यमका सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययनसमेत काउन्सिलले नै गरिरहेको प्रष्ट पार्दै २४सै घण्टा स्वअनुगमन, उजुरी प्रणाली र हटलाइन नम्बर सक्रिय बनाइ काउन्सिलले अनुगमन गरिरहेको बताउनुभयो ।

सहभागीलाई स्वागत गर्दै नेपाल प्रेस काउन्सिलका सदस्य बालकृष्ण अधिकारीले संवैधानिक सङ्कटका बेला घोषित निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने र यस्तो निर्वाचन पूर्ण सफल बनाउन सञ्चारमाध्यमको सबैभन्दा महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । काउन्सिलका अध्यक्ष डा कुमार शर्मा आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो सत्रको सहजीकरण मुख्य अधिकृत झविन्द्र भुसालले गर्नुभएको थियो भने दोस्रो सत्रको सहजीकरण सदस्य शन्तराम बिडारीले गर्नुभएको थियो ।

सूचना तथा प्रसारण विभागका महानिर्देशक एवं काउन्सिलका सदस्य–सचिव छविन्द्र पराजुलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । दोस्रो सत्रको समापन अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्यालले गर्नुभएको थियो । कार्यक्रममा काउन्सिलका सदस्य रामप्रसाद दाहाल, पूर्वसदस्य खिलबहादुर भण्डारी, चेतनाथ धमलालगायत विभिन्न सञ्चारमाध्यमका प्रकाशक एवं सम्पादकको सहभागिता थियो ।  रासस