१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

सुडी समाज काठमाडौँले मनायो होली

सुडी समाज काठमाडौँले मनायो होली
अ अ+ अ-

काठमाडौं। सुडी समाज काठमाडौँले आज यहाँ फागु अर्थात् होली पर्व हर्षोल्लासका साथ मनाएको छ ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व सुडी समाजले शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाएको हो ।

नेपाली समाजमा मनाइने विविध साँस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वमध्ये फागु पूर्णिमा (होली) पनि एक महापर्व हो । परिवार, आफन्तजन, साथीभाइ जम्मा भई एक अर्कालाई विभिन्न रङ्ग दलेर, टीका लगाएर सांस्कृतिक सद्भाव र सामाजिक सम्बन्ध गाढा बनाउने महत्त्वपूर्ण यो पर्वले मनोरञ्जनका साथै भावनात्मक एकता कायम गर्न पनि विशेष भूमिका खेल्दै आएको छ ।

त्यस अवसरमा समाजका अध्यक्ष शीतलप्रसाद महतोले होली पर्वले आपसी सद्भाव, भ्रातृत्व प्रेम र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गर्दै यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव कायम राख्न विशेष योगदान पु¥याउने बताउनुभयो ।

“यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै हाम्रो मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्नेछ”, उहाँले भन्नुभयो, “बहुआयामिक महत्त्व बोकेको यस पर्वको ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक पक्षलाई नयाँ पिँढीमा हस्तान्तरण गर्ने र यसका सकारात्मक पक्षलाई अङ्गीकार गरी जीवन्त बनाउन आवश्यक छ ।”

समाजका सल्लाहकार नागेन्द्र साहले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ अविर लगाएर मनाउने परम्परा रहिआएको उल्लेख गर्दै यस पर्वले सबैलाई आपसी सद्भाव, भातृत्व एवं विविध रङ्गको मिश्रणजस्तै एकताबद्ध भई अघि बढ्न प्रेरणा मिलोस भनी शुभकामना दिनुभयो ।

सुडी समाज महासङ्घ नेपालका सचिव श्रीराम पूर्वे, समाजका उपाध्यक्ष शंकरसाह सुडी, महासचिव डा प्रकाशचन्द्र पञ्जियार र कोषाध्यक्ष विनोद महासेठलगायत वक्ताले पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, मौलिक संस्कृति र विविध पर्वका दृष्टिले सम्पन्न हाम्रो देशका यस्ता पर्व र संस्कृतिलाई थप समुन्नत बनाई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु साझा दायित्व भएको बताउनुभयो । रासस