३१ जेष्ठ २०८३, आईतवार
,
Latest
नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हर्षाेल्लासका साथ अस्ट्रेलियामा होली मनाइयो’



अ+ अ-

काठमाडौँ। अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समदायले मौलिक धर्मसंस्कृतिको जगेर्ना गर्दै हर्षाेल्लासका साथ ‘फागु पर्व’ मनाएका छन् ।

हाम्रो क्लव–अस्ट्रेलियाले फागुपूर्णिमाको उपलक्ष्यमा सिड्नीमा आयोजना गरेको फागु उत्सवमा बालबालिका, युवायुवती र वृद्धवृद्धासमेतको उल्लेख्य सहभागिता थियो ।

सिड्नीस्थित नेपाली समुदायका अगुवा एवम् फागु पर्व आयोजक विवेक सापकोटाका अनुसार सनातन धर्मसंस्कृतिको जगेर्ना, नेपालीबीच भाइचाराको सम्बन्ध विस्तार र मनोरञ्जन प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले आयोजना गरेको कार्यक्रममा सोचेभन्दा बढी नेपालीको उपस्थिति थियो ।

उहाँले विशेषगरी फागुु पर्वसँग सम्बन्धित नेपाली गीतसङ्गीतको तालमा नाचगान गर्दै विशेष खाद्य परिकार ग्रहण गरी पर्व मनाएको नानकारी दिनुभयो ।

आयोजक सापकोटाले भन्नुभयो, “भौगोलिक रूपमा नेपालबाट टाढा रहेपनि धार्मिक तथा सांस्कृतिक हिसावले हामीजस्ता परदेशीको मन नेपालमै छ ।

फागु पर्वको उपलक्ष्यमा सिड्नी सहरसहित आसपास बसोबास गर्ने नेपाली समुदायको उपस्थितिमा हर्षाेल्लासका साथ फागु खेलेर पर्व मनायौँ ।

फागु पर्वका माध्यमबाट व्यस्त दैनिकीका बीच अस्ट्रेलियामा बसोबास गर्ने नेपालीलाई एक ठाउँमा ल्याउन सफल भयौँ ।  अब अर्काे वर्ष गुणात्मक रूपमा अझ धेरै नेपालीलाई समेटेर मनोरञ्जनात्मक कार्यक्रमसहित फागु पर्व मनाउने सोच बनाएका छौँ ।”