१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित

इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित
अ अ+ अ-

क्वालालम्पुर। इरानमा अमेरिका र इजरायलको आक्रमणपछि एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले मध्यपूर्वका क्लबहरूले खेल्ने आइतबारको पहिलो लेग नकआउट खेलहरू स्थगित गरेको छ ।

यस निर्णयले च्याम्पियन्स लिग एलिटसहित एएफसीका तीनवटै मुख्य क्लब प्रतियोगिताका खेलहरू पुनः तालिका बनाउने वातावरण सिर्जना गरेको छ ।

मलेसियामा मुख्यालय रहेको एएफसीले जारी विज्ञप्तिमा भन्यो, “मध्यपूर्वको बढ्दो तनावलाई ध्यानमा राख्दै मार्च २–३, २०२६ का लागि तय पश्चिम क्षेत्रका खेलहरू अब पुनः निर्धारण गरिनेछ ।” बोर्डले खेलाडी, टोली, अधिकारी र दर्शकहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता कायम रहेको बताएको छ ।

स्थगित खेलहरूमा कतारको अल–दुहैल र साउदी पावरहाउस अल–अहलीबीचको नकआउट खेल समावेश छ । दुबईमा आधारित शबाब अल–अहली र इरानको ट्र्याक्टर क्लबबीचको खेल तथा अबु धाबी क्लब अल वाहदा बनाम अल–इत्तिहादको खेल पनि प्रभावित भएका छन् ।

एएफसीले भने कि एसियाली क्षेत्रका अन्य स्थानमा हुने खेलहरू पूर्वनिर्धारित रूपमा जारी रहने तर मध्यपूर्वको सुरक्षा चुनौतीका कारण तालिका फेरबदल अपरिहार्य भएको जनाएको छ ।

यस कदमले खेलकुदमा पनि अन्तर्राष्ट्रिय द्वन्द्वको प्रभाव देखाएको छ र क्षेत्रीय अस्थिरताका बीच फुटबल खेलाडी, क्लब र प्रशंसकको सुरक्षामा थप प्राथमिकता दिएको छ । (रासस/एएफपी)