३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

देश सम्हाल्ने तागत कांग्रेससँग मात्रै छ: विश्वप्रकाश शर्मा

देश सम्हाल्ने तागत कांग्रेससँग मात्रै छ: विश्वप्रकाश शर्मा
अ+ अ-

गुल्मी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको यो विषम परिस्थितिलाई निकास दिन सक्ने ताकत नेपाली कांग्रेससँग मात्रै भएको बताएका छन् । गुल्मी १ मा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले अहिले देशलाई निकास दिने कांग्रेस बाहेक अन्य पार्टी नभएको बताएका हुन् ।

उनले भनेका छन्, “सबै क्षेत्रका योग्य र विज्ञलाई जोडेर देश सम्हाल्ने तागत आजका दिनमा कांग्रेसका सभापति गगनकुमार थापामा रहेको छ । चन्द्र भण्डारी जस्तो विज्ञको नेतृत्वमा संरचना बनाएर सिंगो समाजमा राम्रोसँग ड्राइभ गर्नसक्छ भन्नेमा हामी विश्वस्त छौँ । देश सम्हाल्ने विश्वास दिलाएका छन् । परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ ।”

उपसभापति शर्माले थापा प्रधानमन्त्रीको कुर्सीमा बस्दै गर्दा आफूसहितका नेताहरूले सांसदले सही मुद्दा उठाए वा उठाएनन् भनेर हेर्ने र आफ्नो क्षेत्रमा प्रत्येक दुई महिनामा आएर मतदाताको समस्या बुझे कि बुझेनन् भनेर झक्झकाउने बताए ।

उनले भने, “संसदमा नरहेका म सहितका साथीहरूले जितेको सांसदले सही मुद्दाको उठाए वा नउठाएको हेर्ने र आफ्नो क्षेत्रका प्रत्येक दुई महिनामा एक पटक आएर मतदाताको समस्या बुझे वा नबुझेको पार्टी कार्यालयमा बसेर झक्झकाउने काम गछौँ ।”

उपसभापति शर्माले यो क्षेत्र कांग्रेस निर्वाचित भएपछि गुल्मीको अधिकतम विकासमा ध्यान दिनेमा डा चन्द्र भण्डारी जिम्मेवार परिपक्व नेता भएकाले ढुक्क भएर जिताउन आग्रह गरे ।

उपसभापति शर्माले गुल्मीका मतदाता सामु भण्डारीले गरेका प्रतिवद्धता उनको मात्रै नभएर अब देशको नेतृत्व गर्ने कांग्रेसका सभापति थापाको पनि भएको बताए ।