२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता



Oman’s Minister of Foreign Affairs Sayyid Badr bin Hamad Al Busaidi, right, holds a meeting with White House special envoy Steve Witkoff, center, and Jared Kushner, as part of the ongoing Iranian-American negotiations, in Geneva, Thursday Feb. 26, 2026. (Foreign Ministry of Oman via AP)
अ+ अ-

काठमाडाैँ । मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबीच तेहरानको आणविक कार्यक्रमबारे भएको पछिल्लो अप्रत्यक्ष वार्ता कुनै ठोस सम्झौताविना समाप्त भएको छ । जेनेभामा बिहीबार घण्टौँ चलेको संवादपछि दुवै पक्ष बाहिरिए पनि तनाव घट्ने सङ्केत स्पष्ट देखिएको छैन ।

वार्ताको मध्यस्थता गरिरहनुभएका ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले ‘उल्लेखनीय प्रगति’ भएको बताउनुभयो, तर कुनै ठोस सहमति सार्वजनिक भएन । वार्ता अन्त्य हुनुअघि इरानी राज्य टेलिभिजनले तेहरान युरेनियम संवर्धन जारी राख्न प्रतिबद्ध रहेको, संवर्धित सामग्री विदेश पठाउने प्रस्ताव अस्वीकार गरेको र अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाइनुपर्ने अडान दोहोर्‍याएको जनाएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्ने सहमति चाहान्छन् । उनले इरान आन्तरिक असन्तोषले कमजोर बनेको बेला दबाब बढाउने अवसर देखेका छन्। तर इरानले आफूलाई शान्तिपूर्ण उद्देश्यका लागि युरेनियम संवर्धन गर्ने अधिकार रहेको बताउँदै लामो दूरीको क्षेप्यास्त्र कार्यक्रम वा हमास र हिजबुल्लाहजस्ता समूहलाई समर्थनबारे छलफल गर्न अस्वीकार गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को मुख्यालय भियनामा प्राविधिक तहका वार्ता अर्को हप्ता जारी रहने अल–बुसाइदीले जानकारी दिए। सम्भावित कुनै पनि सहमतिमा आइएइएको भूमिका निर्णायक हुने अपेक्षा गरिएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी पक्षसँगको संवादलाई ‘सबैभन्दा गहन र लामो चरणको वार्ता’ बताए । उनले इन्डिया टुडेसँगको अन्तर्वार्तामा सम्भावित युद्ध ‘विनाशकारी’ हुने चेतावनी दिँदै अमेरिकाले आक्रमण गरे क्षेत्रभर फैलिने जोखिम औँल्याउनुभयो । इरानले अमेरिकी सैन्य अड्डा र इजरायललाई समेत सम्भावित लक्ष्य मान्ने चेतावनी दिँदै आएको छ ।

इन्टरनेसनल क्राइसिस ग्रुपका विश्लेषक अली वेजले वार्तापछि अमेरिकी टोली तुरुन्तै नहट्नु सकारात्मक सङ्केत भएको टिप्पणी गरे ।उनका अनुसार दुवै पक्षबीच अझै केही साझा आधार बाँकी रहेको देखिन्छ ।

गत वर्ष इजरायलले इरानविरुद्ध १२ दिने युद्ध सुरु गरेपछि र अमेरिकाले इरानका आणविक साइटमा आक्रमण गरेपछि रोकिएको वार्ता यसपटक पुनः सुरु भएको थियो । करिब तीन घण्टा चलेको छलफलपछि छोटो विराम लिएर पुनः बैठक बसेको थियो । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले आणविक मुद्दा र प्रतिबन्ध राहतमा ‘रचनात्मक प्रस्ताव’ राखिएको बताए ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले आणविक कार्यक्रमका तत्वहरू पुनर्निर्माण गर्न खोजिरहेको आरोप लगाउनुभएको छ । इरानले जुनदेखि संवर्धन नगरेको दाबी गरे पनि आइएइए निरीक्षकलाई बमबारी गरिएका स्थलमा प्रवेश दिएको छैन । स्याटेलाइट तस्वीरले ती क्षेत्रमा गतिविधि देखाएको विश्लेषण सार्वजनिक भएको छ ।

सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिएपछि इरानले युरेनियम संवर्धन ६० प्रतिशतसम्म पु¥याएको थियो, जुन हतियार–ग्रेड ९० प्रतिशतको नजिक मानिन्छ । अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानले औपचारिक रूपमा हतियार कार्यक्रम पुनः सुरु नगरे पनि आवश्यक पूर्वाधार सुदृढ बनाउने गतिविधि गरिरहेको देखिन्छ ।

यदि वार्ता पूर्ण रूपमा असफल भयो भने सम्भावित सैन्य कारबाहीको आकार र उद्देश्य अस्पष्ट छ । सीमित आक्रमणले इरानलाई झुकाउने कि दीर्घकालीन युद्धतर्फ धकेल्ने भन्ने अन्योल कायमै छ । यस्तो कदमले पर्सियन खाडी र इजरायलसम्म तनाव फैलिन सक्ने आकलन गरिएको छ ।

तनावकै कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । बेन्चमार्क ब्रेन्ट क्रुड प्रतिब्यारेल करिब ७० डलरमा कारोबार भइरहेको छ । इरानले अघिल्लो चरणको तनावका बेला होर्मुज जलडमरूमध्यमा अस्थायी अवरोध सिर्जना गरेको जनाएको थियो । होर्मुज जलडमरूमध्यबाट विश्वको झन्डै पाँचौँ भाग व्यापारिक तेल आपूर्ति हुने गर्छ ।