२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति थापा र उपसभापति शर्मा रुपन्देहीदेखि कास्कीसम्मका तीन चुनावी सभामा सहभागी हुँदै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले आज तीन ओटा स्थानमा विशेष चुनावी सभाको आयोजना गर्दैछ । उक्त सभामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने पार्टीले बताएको छ ।

कांग्रेसले गर्ने रुपन्देहीको बुटवल, बागलुङ र कास्कीको चुनावी सभामा सभापति थापासहितका पदाधिकारीहरू सहभागी हुने बताइएको हो ।

पार्टीका अनुसार बिहान ११ बजे बुटवलमा सभा हुनेछ । दिउँसो १ बजे बागलुङमा र दिउँसो ३ बजे पोखरामा चुनावी सभा हुनेछ ।

त्यहाँ नेताहरूले सम्बोधन गर्नेछन् । ती चुनावी सभामा ठूलो सङ्ख्यामा अन्य दलबाट पार्टी प्रवेश गराउनेसमेत कार्यक्रम रहेको छ । यसअघि सभापति थापाले सुर्खेत र बाँकेमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । सुर्खेतमा उपसभापति पुष्षा भुषाल गौतम रहेकी थिइन् भने उपसभापति शर्मा हिजो नवलपरासी पश्चिममा रहेका थिए ।