३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रसुवाका मतदान केन्द्रमा सिसी क्यामरा जडान

रसुवाका मतदान केन्द्रमा सिसी क्यामरा जडान
फाइल फोटो
अ+ अ-

काठमाडाैँ । आसन्न निर्वाचनलाई थप पारदर्शी र विश्वसनीय बनाउन जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा सिसी क्यामरा जडान प्रक्रिया तीव्र बनाएको छ । हालसम्म उत्तरगया गाउँपालिकाका सबै केन्द्रमा जडान कार्य सम्पन्न भइसकेको र बाँकी चार गाउँपालिकामा छिट्टै सम्पन्न हुने जनाइएको छ । यस्ता क्यामरा ३६ मतदानस्थलमा रहने जनाइएको छ ।

निर्वाचन तयारीबारे जानकारी दिन आयोजित पत्रकार अन्तक्र्रियामा जिल्ला निर्वाचन अधिकारी राजन रायले अस्थायी मतदाता नामावली तयार भइसकेको, ३८३ कर्मचारी व्यवस्थापन भई मतदानमा खटिने ती कर्मचारीलाई आवश्यक तालिमसमेत प्रदान गरी सकिएको जानकारी दिए । उनका अनुसार मतपेटिकासमेत ५१ प्रकारका मतदान सामग्री तयारी अवस्थामा रहेका छन् ।

मतदाता शिक्षा प्रभावकारी बनाउन जिल्लाका २७ वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिएका छन् भने पाँचैवटा गाउँपालिकामा एक÷एक जना अनुगमनकर्तासमेत खटाइ दैनिक प्रगति सङ्कलन भइरहेको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै पूर्वतयारी पूरा भइसकेको कार्यालयको भनाइ छ ।

निर्वाचन खर्च पारदर्शी बनाउन सबै उम्मेदवारका नाउँमा बैंक खाता खोल्ने काम पनि सम्पन्न भएको छ । हाल जिल्लामा ४१ हजार ४७१ मतदाता रहेको र निर्वाचनमा नौवटा दल र तीनवटा स्वतन्त्रसमेत १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएको कार्यक्रम सञ्चालक निर्वाचन कार्यालयका नायब सुब्बा महेश आचार्यले जानकारी दिए ।