३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च शतर्कता

निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च शतर्कता
अ+ अ-

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न उच्च सतर्कता अपनाएको छ। विभिन्न राजनीतिक गतिविधि बढ्दै गएसँगै सम्भावित झडप र सडक अवरोधलाई ध्यानमा राख्दै मन्त्रालयले आवश्यक पूर्वतयारी पूरा गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निर्वाचनअघि हुने आमसभा, भेला र घरदैलो कार्यक्रमका क्रममा पार्टी कार्यकर्ताबीच झडप हुन सक्ने र केही समूहले सडक अवरुद्ध गर्न सक्ने आकलन गरिएको जानकारी दिए। “निर्वाचन विथोल्ने उद्देश्यले रुख ढालेर बाटो रोक्ने वा अन्य अवरोध सिर्जना गर्ने सम्भावना छ, जसले स्वास्थ्य सेवामा प्रभाव नपरोस् भनेर हामीले तयारी गरेका छौं,” उनले भने ।

उहाँका अनुसार मन्त्रालयले गृह मन्त्रालय, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै स्वास्थ्य सेवा निरन्तरता सुनिश्चित गर्ने तयारी गरेको छ। अस्पताल तथा अन्य स्वास्थ्य संस्थालाई नियमित सेवा सञ्चालनमा राख्न निर्देशन दिइएको छ। स्वास्थ्यकर्मीलाई अनावश्यक बिदा नदिने, लामो बिदा स्थगित गर्ने र सेवा खटाइराख्ने व्यवस्था मिलाइएको छ।

संभावित आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीलाई अभिमुखीकरण, भर्चुअल तालिम र आवश्यक औषधि तथा उपकरणको पर्याप्त मौज्दात सुनिश्चित गरिएको छ। रणनीतिक स्थानहरूमा औषधि र लजिस्टिक सामग्री राखिएको छ भने आवश्यक परे आपत्कालीन मेडिकल टिम र ¥यापिड रेस्पोन्स टिम परिचालन गरिनेछ।

डा. बुढाथोकीले भने, “फागुन २१ गतेको निर्वाचन जेन–जीको आन्दोलनपछि सम्पन्न हुँदैछ। भेला, आमसभा र घरदैलोका क्रममा झडप वा सडक अवरुद्ध हुने सम्भावना छ। यसका लागि स्वास्थ्यकर्मी सेवा निरन्तरता सुनिश्चित गरी मात्रै परिचालन हुनेछन्। विपद् घण्टी बजाएर आउँदैन, त्यसैले स्वास्थ्य संस्थाहरू सधैं तयारी अवस्थामा रहन्छन्।”

मन्त्रालयका अनुसार निर्वाचन अवधिभर अस्पताल र एम्बुलेन्स सेवा अविरल रूपमा सञ्चालनमा रहनेछ। स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था कुनै पनि अप्रत्याशित परिस्थितिमा तत्काल सेवा प्रदान गर्न सक्षम हुने गरी पूर्वतयारी गरिएको छ।