३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

काठमाडौँ–५ का उम्मेदवार पोखरेलले पाँच वर्षमा ६० सार्वजनिक सुनुवाइ गर्ने घोषणा

काठमाडौँ–५ का उम्मेदवार पोखरेलले पाँच वर्षमा ६० सार्वजनिक सुनुवाइ गर्ने घोषणा
अ+ अ-

काठमाडाैँ । काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधी सभा सदस्य उम्मेदवार सस्मित पोखरेलले आफ्नो पाँच वर्षे कार्यकालमा नियमित र संस्थागत सामुदायिक सुनुवाइ सञ्चालन गर्ने स्पष्ट कार्ययोजना सार्वजनिक गरेका छन्।

पोखरेलले प्रत्येक महिना एक वडा केन्द्रित गर्दै सामुदायिक सुनुवाइ आयोजना गर्ने घोषणा गरेका हुन्।

जसअनुसार पाँच वर्षमा कुल ६० वटा सार्वजनिक सुनुवाइ सम्पन्न गरिनेछ। क्षेत्र नं. ५ अन्तर्गतका १५ वटै वडामा कम्तीमा चार–चार पटक प्रत्यक्ष सुनुवाइ सुनिश्चित गर्ने उनको योजना रहेको छ। सामुदायिक सुनुवाइ कार्यक्रम केवल औपचारिक भेटघाट नभई जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद र उत्तरदायित्व स्थापित गर्ने संरचित अभ्यास रहेको पोखरेलको बुझाइ छ ।

“निर्वाचनपछि जनप्रतिनिधि हराउने संस्कार अन्त्य हुनुपर्छ। जनतासँग नियमित रूपमा भेट्ने, प्रगति सार्वजनिक गर्ने र प्रश्नको जवाफ दिने संस्कृति विकास गर्नुपर्छ,” पोखरेलले भने। कार्यक्रमअन्तर्गत सम्बन्धित वडामै खुला मञ्चमार्फत सुनुवाइ आयोजना गरिनेछ, जहाँ स्थानीय बासिन्दाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन लगायतका विषयमा प्रत्यक्ष प्रश्न राख्न सक्नेछन्।

आवश्यकताअनुसार सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरी समस्याको समाधान प्रक्रियालाई अघि बढाइने जनाइएको छ। पोखरेलले यस योजनालाई आफ्नो चुनावी नारामात्र नभई कार्यकालभरि कार्यान्वयन गरिने स्पष्ट प्रतिबद्धता भएको बताएका छन्। “जनताको विश्वास जित्नु मात्र पर्याप्त हुँदैन, त्यो विश्वासलाई निरन्तर संवादमार्फत् कायम राख्नुपर्छ,” उनले भने ।