१५ असार २०८३, सोमबार
,
Latest
पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागार्जुन रिसोर्टद्धारा साम्बाको उपचारकाे लागि एक लाख सहयोग



अ+ अ-

काठमाडौँ।  राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि नागार्जुन रिसोर्टले रु एक लाख सहयोग प्रदान गरेको छ ।

काठमाडौँको नागार्जुनमा अवस्थित सो रिसोर्टले कप्तान भण्डारीको उपचारका लागि उक्त रकम उनको बैङ्क खातामा जम्मा गरिदिएको रिसोर्टका सञ्चालक निरोज पन्तले जानकारी दिए ।

घुँडामा भएको सङ्क्रमणसँग जुधिरहेकी साम्बा पुनः जटिल शल्यक्रियाको तयारीमा रहेकी र शल्यक्रिया महङ्गो भएकाले उहाँले आर्थिक सहयोगको याचना गरेका थिए ।

नेपाली फुटबललाई अन्तरराष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान दिने राष्ट्रको गौरव खेलाडीको उपचारका लागि उक्त रिसोर्टले सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग उपलब्ध गराएको सञ्चालक पन्त र व्यवस्थापन प्रमुख अभिषेकविक्रम शाहले बताए ।