३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध

आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध
अ+ अ-

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ लागू गर्ने क्रममा ठूलो दबाब र अवरोध सामना गर्नुपरेको जनाएको छ। पुँजी बजारमा पारदर्शिता र लगानीकर्ताको सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले ल्याउन लागिएको उक्त निर्देशिका रोक्न अदृश्य शक्तिहरू सक्रिय रहेको संस्थाको दाबी छ।

सीडीएससीले आयोजना गरेको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक प्रविन पन्दाकले करिब १५ वर्षअघि कानुनमै व्यवस्था भइसकेको विषय कार्यान्वयन गर्न खोज्दा हप्काई, दप्काई तथा कानुनी संघर्षसम्म व्यहोर्नुपरेको बताइन्। पुँजी बजारमा पारदर्शिता, निष्पक्षता र अखण्डता जस्ता मूल्य–मान्यता कुनै पनि हालतमा सम्झौतायोग्य नभएको उल्लेख गर्दै उनले निर्देशिकालाई सुशासनको पहिलो कडीका रूपमा प्रस्तुत गरिन्।

उनका अनुसार संस्थापक सेयर र सर्वसाधारण सेयरको मूल्यमा ठूलो अन्तर रहेको नेपाली बजारमा यी दुई वर्गका सेयर सुटुक्क मिसाउँदा सर्वसाधारण लगानीकर्तामाथि अन्याय भइरहेको छ। प्रस्तावित निर्देशिकामा संस्थापक सेयरलाई लक–इन अवधिभर छुट्टै आईजिनमा राख्ने र कानुनी प्रक्रिया पूरा गरी मात्र सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने व्यवस्था गरिएको छ।

सीडीएससीले उक्त निर्देशिका २०८२ साल साउन ११ गते स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पठाइसकेको जनाएको छ। तर लामो समयसम्म स्वीकृति नआएकोप्रति संस्थाले चिन्ता व्यक्त गरेको छ।

प्रमुख कार्यकारी निर्देशक पन्दाकका अनुसार निर्देशिकाले संस्थापक र सर्वसाधारण सेयर कहिल्यै नमिसाउने भन्ने होइन, तर विधिपूर्वक मात्र मिसाउने व्यवस्था गर्न खोजिएको हो। सुटुक्क मिसाउँदा करिब ४१ करोड रुपैयाँ बराबरको संस्थापक सेयर केही क्षणमै पाँच अर्ब रुपैयाँभन्दा बढी मूल्यमा परिणत हुने अवस्था आउने र यसले सर्वसाधारण लगानीकर्तालाई महँगो मूल्यमा सेयर किन्न बाध्य बनाउने जोखिम रहेको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय अभ्यासलाई उद्धृत गर्दै उनले ‘फन्जिबिलिटी’ को गलत व्याख्या गर्दै एउटै आईजिन कायम गर्न दबाब दिने प्रयास भइरहेको आरोप लगाइन्। संस्थापक र सर्वसाधारण सेयरबीच अधिकार, मतदान तथा होल्डिङ क्षमतामा फरक रहेकाले सुरुमै एउटै आईजिन दिनु कानुनी रूपमा समेत त्रुटिपूर्ण हुने उनको तर्क छ।

हाल निर्देशिका धितोपत्र बोर्डको कानून उपसमितिमा अध्ययनको क्रममा रहेको छ। सीडीएससीले पुँजी बजारको विश्वसनीयता र पारदर्शिता जोगाउन बोर्डका अध्यक्ष तथा सञ्चालकहरूले उचित निर्णय लिने विश्वास व्यक्त गरेको छ।