५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

निर्णय सच्याउन देउवा तयार

निर्णय सच्याउन देउवा तयार
अ+ अ-

काठमाडौं । असन्तुष्ट समूहको निरन्तरको दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवा निर्णय सच्याउन तयार देखिएका छन् । गत ११ पुसको केन्द्रीय समिति बैठकबाट बहुमतको निर्णयमार्फत पार्टीको १४औं महाधिवेशनको कार्यतालिका ल्याएका देउवा असन्तुष्ट समूहको निरन्तरको दबाब पछि निर्णय सच्याउन तयार देखिएका हुन् । असन्तुष्ट समूहले केन्द्रको आफ्ना तर्फको दबाबबाट नपुगेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूलाई बोलाएर निर्णय फिर्ता गर्न दबाब दिँदै आएका छन् । सोमबारबाट सुरु सभापतिको भेला मंगलबारसमेत सकिएको छैन ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी केन्द्रीय समिति बैठकमार्फत भएको निर्णयमा केही परिमार्जन गर्न सभापति तयार रहेको बताए । ‘महधिवेशनको विषय सबैले उठाएकै विषय हो, केन्द्रीय समितिबाट छलफल गरौं भनेकै हो । उहाँहरू बैठकमै आउनुभएन,’ कांग्रेस सहमहामन्त्री महतले भने, ‘अझै पनि महाधिवेशनको कार्यतालिकाका विषयमा केही हेरफेर गर्न सभापति तयार हुनुहुन्छ ।’

सहमहामन्त्री महतले पार्टीको बैठकबाट भएका विषयलाई बैठकबाट नै सच्याइने बताए । तर त्यसका लागि बैठकमा आउन असन्तुष्ट समूह तयार रहनुपर्ने बताए । ‘उहाँहरूलाई मनाउन घर घर गएकै हो, आउनुभएन । अझै पनि कहाँ जानुपर्ने हो, जान तयार नै हो, बैठकमा आएर छलफल गर्नुपर्यो,’ महतले थपे । सभापति देउवाले केन्द्रीय समितिबाट भएको सच्याउँदा नेपाल विद्यार्थी संघ र तरुण दलको विषयलाई समेत सँगै टुंग्याउने मनस्थिति बनाएका छन् ।

एक नेताले भने, ‘सबै विषय टुंगिन्छ, भागबन्डामा कुरा नमिलेको हो, विभागमा पनि कुरा मिल्छ, नेविसंघ तरुण दलमा पनि समस्या छैन ।’ कांग्रेस काठमाडौं सभापति सबुजकृष्ण बानियाँले बैठकमा केही जिल्ला सभापतिले धारणा राख्न बाँकी रहेका कारण बुधबारसमेत निरन्तर बैठक चल्ने जानकारी दिए । सोमबार १४ जना र मंगलबार १६ जना गरी मंगलबार साँझसम्म ३० जिल्लाका सभापतिहरूले धारणा राखेको उनले जानकारी दिए ।

भेलामा बोल्ने अधिकांश जिल्ला सभापतिले केन्द्रीय तहबाट बहुमत र अल्पमतका आधारमा हुने निर्णयप्रति असन्तुष्टि जनाएको नुवाकोट सभापति जगदीशनरसिंह केसीले जानकारी दिए ।उनले पार्टीलाई भागबन्डाबाट चलाइँदा विधि र विधान नै संकटमा परेको र त्यसको असर तल्लो तहसम्म परेको भन्दै भागबन्डाका विषयमा समेत जिल्ला सभापतिहरूले असन्तुष्टि व्यक्त गरेको जनाए ।

केही सभापतिले भने सहमतिबाट पार्टीलाई अघि बढाउँदा निरंकुश सरकारसँग समेत लड्न सकिने भन्दै नेताहरूलाई एक भएर अघि बढ्न सुझाएका छन् । भेला बुधबार (आज) सकिने बताइएको छ । राजधानी दैनिकबाट