३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कञ्चनवनमा मिथिला मध्यमा परिक्रमाको डोला आइपुग्यो, होली उत्सव सुरू

कञ्चनवनमा मिथिला मध्यमा परिक्रमाको डोला आइपुग्यो, होली उत्सव सुरू
अ+ अ-

काठमाडाैँ । महोत्तरीको कञ्चनवनमा मिथिला मध्यमा परिक्रमाको डोला आइपुगेको छ ।

फागुन शुक्ल प्रतिपदाबाट शुरु भएको यो ऐतिहासिक १५ दिने धार्मिक पदयात्रा सप्तमी तिथिमा कञ्चनवन पुगेपछि यहाँ परम्परागत रूपमा होली महोत्सव सुरू भएको हो । भगवान राम (मिथिला विहारी) र माता सीता (किशोरीजी) का प्रतिमा राखिएका डोलाहरू हजारौं श्रद्धालु, साधुसन्त तथा महात्माहरूको लावालस्करसहित कञ्चनवन आइपुगेका हुन् ।

जनविश्वासअनुसार त्रेता युगमा भगवान राम र सीताले यो कञ्चनवनमै रङ अबिर दलेर होली खेलेका थिए । सोही सम्झनामा डोला यहाँ पुगेपछि परिक्रमा सहभागीहरूले एकअर्कालाई रङ अबिर लगाएर होली खेल्ने परम्परा छ । यो वर्ष पनि कञ्चनवनमा डोला बिसाइएपछि भक्तजनहरूले दर्शन, पूजाआराधना तथा अबिर चढाएका छन् ।

संस्कृतिविदहरूका अनुसार कञ्चनवनको यो होली मिथिलाञ्चलको सबैभन्दा पुरानो र विशेष होली उत्सव मानिन्छ । यहाँ मठमन्दिरका महन्थहरू, सामाजिक अगुवा, सांस्कृतिक तथा राजनीतिक व्यक्तित्वहरूको पनि उल्लेख्य सहभागिता हुने गरेको छ ।

परिक्रमा यात्रा धनुषाको हनुमानगढीबाट शुरु भएर भारतको कल्याणेश्वर, गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड पुगेपछि कञ्चनवन आइपुगेको हो । कञ्चनवनमा होली खेलेपछि यात्रा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै पुनः जनकपुरधाम फर्केर फागुन पूर्णिमामा समापन हुन्छ ।