१५ असार २०८३, सोमबार
,
Latest
नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार अस्पताल भवन निर्माण अलपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुरमा बस दुर्घटनामा हुँदा १५ जना घाइते



अ+ अ-

काठमाडाैँ । मदन भण्डारी सडक मार्गस्थित उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा२ख, ६२५७ नम्बरको ओखलढुङ्गे डिलक्स बस उदयपुरगढीको अँधेरीको गोलाइमा अनियन्त्रित भई सडकबाट तर खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले बताए ।

दुर्घटनामा घाइते हुनेहरुमा कटारी नगरपालिका–६ की ६० वर्षीया सोममाया परियार, ताप्ली गाउँपालिकाकी २० वर्षीया मोनिका मगर, ताप्लीकै १९ वर्षीया पवित्रा श्रेष्ठ, ७८ वर्षीय दलबहादुर तामाङ, १५ वर्षीय प्रेम तामाङ र १४ वर्षीय सुजन तामाङ तथा कटारीका २५ वर्षीय अनिल चौधरी रहेका छन् ।

यस्तै अन्य घाइतेमा त्रियुगा नगरपालिका–१२ की २१ वर्षीया रेविका बस्नेत र २० वर्षीया रेस्मा बस्नेत, उदयपुरगढी गाउँपालिकाका १० वर्षीय दिवश तामाङ रहेका छन् । घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको छ भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।