१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

नाइजेरियाः सशस्त्र आक्रमणमा परी कम्तीमा ३८ जनाको मृत्यु

नाइजेरियाः सशस्त्र आक्रमणमा परी कम्तीमा ३८ जनाको मृत्यु
अ अ+ अ-

नाइजेरिया। नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यको दुत्से दान अजिया गाउँमा हतियारधारी एक समूहको आक्रमणमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको स्थानीय प्रहरी र अधिकारीहरूले शनिबार एएफपीलाई बताएका छन् ।

जाम्फारा प्रहरीका प्रवक्ता याजिद अबुबकरले भन्नुभयो , “यो आक्रमण बिहीबारको रातदेखि शुक्रबार सम्म दुर्गम गाउँमा भएको थियो, जहाँ ‘थोरै मात्र पहुँच मार्गहरू थिए’ तर अहिले यस क्षेत्र सामान्य अवस्थामा फर्किएको छ ।

स्थानीय विधायक हामिसु फारुले आक्रमणमा ५० जनाभन्दा बढीको मृत्यु भएको आशङ्का गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “डाँकुहरू गान्दो जङ्गलबाट आए र दुत्से दान अजियालाई घेरा हाली अन्धाधुन्ध गोली चलाए । आक्रमणपछि भाग्न खोज्ने सबै बासिन्दाको मृत्यु भएको थियो।”

स्थानीय रूपमा ‘डाँकु’ भनिने सशस्त्र गिरोहहरू जाम्फारा, कात्सिना, कडुना, सोकोटो, केब्बी र नाइजर राज्यहरूमा फैलिएको जङ्गलमा आश्रयस्थल बनाएर बस्ने र गाउँहरूमा आक्रमण गर्ने गर्छन्।

नाइजेरियाली सेना यी समूहहरूसँग लड्न धेरै वर्षदेखि यस क्षेत्रमा तैनाथ छ, तर हिंसा जारी छ। नाइजेरियामा हालैका महिनाहरूमा जिहादी समूह र डाँकुहरूद्वारा बढ्दो हिंसाले संयुक्त राज्य अमेरिकाको ध्यान आकर्षित गरेको छ।

हिंसालाई इसाईहरूको ‘उत्पीडन’ को रूपमा चित्रण गर्ने वाशिङ्गटनले क्रिसमसको दिन उत्तरको सोकोतो राज्यमा नाइजेरियाली अधिकारीहरूसँग समन्वय गरेर अचानक हवाई आक्रमणको आदेश दिएको छ।

सन् २००९ यता नाइजेरियामा बोको हराम र उसको प्रतिद्वन्द्वी गुट इस्लामिक स्टेट पश्चिम अफ्रिकी क्षेत्रको नेतृत्वमा जिहादी विद्रोहले देशको उत्तरपूर्वी क्षेत्रमा ४० हजारभन्दा बढीको मृत्यु भएको छ भने २० लाख विस्थापित भएका छन् । रासस