५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत १ गतेभित्र नयाँ संसद भवन हस्तान्तरण गर्न मन्त्री इङनामको निर्देशन



अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङनामले निर्माणाधीन नयाँ संघीय संसद भवनको काम चैत १ गतेभित्र सम्पन्न गरी हस्तान्तरण गर्न निर्देशन दिनुभएको छ ।

भवन निर्माणको पछिल्लो अवस्थाबारे स्थलगत अनुगमन गरेपछि मन्त्री इङनामले निर्धारित समयमै काम सक्न निर्माण पक्षलाई निर्देशन दिनुभएको हो ।

अनुगमनका क्रममा मन्त्री इङनामले कामको गतिप्रति केही असन्तुष्टि व्यक्त गर्दै चैत १ गतेभित्र प्रतिनिधि सभा, राष्ट्रिय सभा, सेन्ट्रल लबी र सचिवालयका भवनहरू जसरी पनि हस्तान्तरण गर्नुपर्ने बताउनु भयो । भवनको सिभिलतर्फको काम मोटामोटी सकिए पनि फिनिसिङको काममा ढिलाइ भएको पाइएपछि मन्त्रीले दक्ष जनशक्ति थप्न निर्देशन दिनुभएको छ । मन्त्रीको निर्देशनपछि निर्माण कम्पनीले बारा र रौतहटबाट थप कामदार मगाएर कामलाई तिब्रता दिएको जानकारी गराइएको छ । निर्माणका क्रममा केही प्राविधिक चुनौतीहरू पनि देखिएका मन्त्री इङनामको भनाइ छ । चीनबाट ल्याउनुपर्ने केही सामानहरू क्रिसमस र अन्य बिदाका कारण ढिलो भएको ठेकेदारको भनाइ छ । ती सामानहरू फागुन २५ गतेसम्म आइपुग्ने र जडान गरिने आश्वासन निर्माण पक्षले दिएको छ । भारतबाट ल्याउनुपर्ने ३० मिटर लामो इलेक्ट्रोनिक प्यानल र ४ मेगावाटको विद्युतीय प्रणाली जडानको काम पनि बाँकी रहेको छ । वीरगञ्ज भन्सारमा रोकिएका सामानहरू आउने क्रम शुरु भइसकेकाले चैतको शुरुवातमै भवन पूर्ण रूपमा तयार हुने मन्त्रीले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ म आएको त अस्ति भर्खर हो । अब आइसकेपछिको यो कामको गति हेर्दा खेरि यो हुन्छ नै । मैले त्यतिबेला पनि भनेको थिएँ चैत १ गते उहाँहरुले त्यो भन्दा पछाडिको डेट पनि दिनुभएको थियो । चैत १ गते जसरी पनि ह्याण्डओभर गर्नुपर्छ । अहिले यहाँ प्रतिनिधि सभाको कुरा मात्रै छ । प्रतिनिधि सभा मात्रै होइन राष्ट्रिय सभा र यो सेन्ट्रल लबी लगायत अन्य सेक्रेटरीएटको बिल्डिङ्गहरु पनि ह्याण्डओभर गर्नुपर्छ भनेर भनेको थिएँ । तर अहिले कामको स्पिड हेर्दा खेरि त्यस्तो खालको देखिएको छैन । यो दुई तीन दिन अगाडि चार दिन अगाडि हेरौँ यहाँ आएर अलि डिटेलमै कति डेढ घण्टा जस्तो नै म सबै बिल्डिङ्गहरु हेरेको थिएँ र उहाँहरुले जुन ढंगबाट काम गर्नुभएको छ त्यो काम अझै पनि यो सहज ढंगबाट कम्प्लिट हुने अवस्था छैन । र अस्ति मैले भनेको थिएँ कि तपाईँहरु तपाईँहरुको ह्युमन रिसोर्सहरु थप्नुहोस् । यहाँ जतिपनि काम गर्ने स्किल हेण्ड्सहरु हुनुहुन्छ । उहाँहरुको भनाइ के छ भने अब यो सबै कुराहरु अहिले एकदम फिनिसिङ लाइनमा भइराखेको छ इन्टरनल कुराहरु भइराखेको छ सिभिलको मोटामोटी कामहरु सकिएको छ । त्यस्तो मान्छे भनेजस्तो पाइँदैन । जस्तो अस्तिकै दिन पनि उहाँहरुले बाराबाट रौतहटबाट मान्छे मगाउनु भयो । त्यसको भोलिपल्ट मैले फलोअप गरेको थिएँ यहाँ उहाँहरुले केही मान्छेहरु थप्नुभएको छ । कामहरु अलिकति भइराखेको छ । र अहिलेसम्मको उहाँहरुको कामको शैली हेर्दाखेरि कम्तिमा भएपनि यो मेन बिल्डिङ्गको यो लबी यो सेन्ट्रल लबी हो यो हामी जहाँ उभिएका छौँ यसको पछाडि सेन्ट्रल लबी र यतापट्टि दाहिने पट्टि भएको जुन प्रतिनिधि सभा हो त्यो उहाँहरुले कम्प्लिट गर्नुपर्छ ।’

‘त्यहाँ एउटा टेक्निकल कुरा पनि छ । त्यहाँ भनेको के हो त भन्दा खेरि त्यहाँ एउटा केही सामानहरु चाइनाबाट ल्याउनु पर्ने रहेछ । त्यो अहिलेसम्म आइपुगेको छैन । चाइनामा त्यो आइ नपुग्नुको कारण त्यहाँ बीचमा अब यो क्रिसमस इत्यादिले गर्दा ढिलो भयो भनेर भन्नुहुन्थ्यो ठेकेदारहरुले । अब त्यस्तो कुरा क्रिसमस होस् त्योसँग मतलबको कुरा भएन । तपाईं आफैँ चाइना जानुहोस् त्यहाँ गएर उहाँहरुलाई भनेर लिएर आउनुहोस् भनेर भनेको छु । सम्भवतः उहाँहरुले त्यो म्यानेज गर्नुहुन्छ । उहाँहरुले २५ गतेसम्म त्यो सामान ल्याएर जडान गर्छु भन्नुभएको छ । एक हप्ता अझै लाग्छ भन्नुभएको छ । चैतको १–२ गतेसम्म उहाँले टोटल्ली ह्याण्डओभर गर्नसक्ने स्थिति छ । र टेक्निकली एउटा इलेक्ट्रोनिक प्यानल जो इन्डियाबाट ल्याउनुपर्ने ३० मिटर कि कति मिटर लामो छ रे । त्यो ल्याएर यसको पूरा फङ्सन यहाँको इलेक्ट्रिक फङ्सन ४ मेगावाटको फङ्सन भनेको निकै ठूलो होला त्यो । त्यो गर्नको लागि अलिकति उ छ । त्यो हामी जडान गर्दै गर्छौँ तर यहाँ चल्ने व्यवस्था हामी गर्छौँ भनेर ठेकेदारले भन्नुभएको छ । र उहाँहरु कमिटेड नै हुनुहुन्छ ।’

चैत १ गतेदेखि विशेष गरी सेन्ट्रल लबी, प्रतिनिधि सभा र क्यान्टिनसहित सांसदहरुको  कार्यकक्षहरू हस्तान्तरण हुनेमा आफू आशावादी रहेको मन्त्रीले बताउनु भयो । नयाँ भवन हस्तान्तरण भएपछि संघीय संसदका बैठकहरू आफ्नै अत्याधुनिक भवनमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।