२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले स्थगित गर्यो भैरहवाको चुनावी सभा



अ+ अ-

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवामा गर्न लागेको चुनावी सभा स्थगित गरेको छ ।

भैरहवामा फागुन ९ गते गर्ने भनिएको चुनावी सभा तत्कालको लागि स्थगित भएको रुपन्देही ३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको उल्लेख गरेको छ ।

गएराति दाङमा रास्वपा समर्थकहरुले नेकपा एमालेको झण्डा जलाएको थियो । सो पश्चात एमाले र रास्वपाबीच द्वन्द्व बढ्ने आँकलनबीच सभा स्थगित गरिएको हुनसक्ने अनुमान छ । यद्यपी, यसबारेमा रास्वपाले भने केहि पनि भनेको छैन ।