१९ श्रावण २०८३, मंगलवार
,
Latest
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध, पर्यटन विधेयकमाथि छलफल उपभोक्ताले आधा सिलिण्डर ग्यास नभरिदिँदा अहिले समस्या देखियोः उद्योगसचिव दुवाडी राष्ट्र बैंक ऐन संशोधनमा सांसदबीच मतभेद, डेपुटी गभर्नरको संख्या र अर्थ सचिवको भूमिकामा फरक धारणा नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन प्रदेश सरकारको नेतृत्व परिवर्तनमा एमाले नेता भट्टराईको असन्तुष्टि, ‘साटसुट र शक्तिको भाषा किन?’ मिसिलमा क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन आकस्मिक बाढीको आज मध्यम जोखिम अनशनरत नर्स रानाभाटको समर्थनमा स्वास्थ्यकर्मीद्वारा प्रदर्शन, १५ बुँदे माग सम्बोधन गर्न आग्रह (तस्बिरसहित) २० अर्ब लागतको नारायणगढ–बुटवल सडक आयोजना अन्तिम चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हतियार नत्यागे हमासलाई ‘कडा कारबाही’ गर्ने ट्रम्पको चेतावनी



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास समूहलाई हतियार त्याग्न असफल भएमा कडा रूपमा सामना गरिने चेतावनी दिनुभएको छ ।

हमासले हतियार त्याग्ने प्रतिवद्धता गरेको बताउनु भयो । ट्रम्पले वाशिङ्टन डीसीमा बोर्ड अफ पिसको उद्घाटन बैठकलाई सम्बोधन गर्दै यदि उनीहरूले गरेनन् भने धेरै कडा रूपमा सामना गर्नुपर्ने बताउनु भयो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीवार भन्नुभएो छ की ह्वाइट हाउसले हमासले हतियार त्याग्नुपर्ने र गाजालाई पूर्ण रूपमा निःशस्त्रीकरण गर्नुपर्नेमा सहमत छ । जसपछि मात्र युद्ध प्रभावित क्षेत्रमा पुनर्निर्माण शुरु हुन सक्ने बताइएको छ ।

हमासले बोर्ड अफ पिसलाई हस्तक्षेप गर्न आह्वान गरेको थियो । गाजा पट्टीमा इजरायलको निरन्तर उल्लङ्घन रोक्न माग गरेको थियो । हमासले यो मञ्चको बैठकलाई इजरायलले आफ्नो सैन्य अभियान जारी राख्नको लागि बहाना बनाउन सक्ने चेतावनी दिएको थियो । हमासका प्रवक्ता हाजेम कासेमले टेलिभिजन वक्तव्यमा भन्नुभएको थियो की विगत चार महिनाका घटनाक्रमहरूले इजरायलले युद्ध रोकेको छैन तर केवल तरिका र रूप परिवर्तन गरेको देखाउँछन् ।

उहाँले हत्या, विस्थापन, नाकाबन्दी र भोकमरी जारी रहेको बताउनु भयो । यो घटना गाजामा युद्धविरामपछि पुनर्निर्माण र हमासको निःशस्त्रीकरणको विषयमा अन्तर्राष्ट्रिय प्रयासहरूको बीचमा आएको हो । जहाँ ट्रम्प प्रशासनले बोर्ड अफ पिसमार्फत शान्ति प्रक्रियालाई अगाडि बढाउने प्रयास गरिरहेको छ ।




भर्खरै