३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आसन्न निर्वाचनले रास्वपालाई पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट दिने अपक्षा गरेका छौँः रवि लामिछाने

आसन्न निर्वाचनले रास्वपालाई पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट दिने अपक्षा गरेका छौँः रवि लामिछाने
फाइल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफनो पार्टीले आसन्न निर्वाचनमा पाँच वर्ष स्थायी सरकार चलाउने म्याण्डेटको अपेक्षा गरेको बताउनुभएको छ ।

बुधवार सुदूरपश्चिमको धनगढीका आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सभापति लामिछानेले जनताको अधिकारलाई माग बनाएर चुनावी घोषणा पत्रमा बल्ढयाङ्ग्रे अक्षरले लेख्ने तर पूरा नगर्नेहरुको युगलाई आफूहरुले अन्त्य गर्न चाहेको समेत बताउनु भयो । सभापति लामिछानेले आम मतदाताले अब चुनावका बेला गरिएका वाचा पूरा नगर्नेहरुलाई आसन्न निर्वाचनमा सजाय दिनुपर्ने समेत बताउनु भयो । चुनावका बेला जनतासँग गरिएका वाचा पूरा नगर्ने विकृति अव नचल्ने सभापति लामिछानेको भनाई थियो ।

उहाँले भन्नुभयो,‘रास्वपाले राजनीतिक विकृति र विसंगति मध्येको एक रहेको जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणा पत्रमा बल्ढयांग्रे अक्षरले लेख्ने युगलाई अन्त्य गर्छ । जनताको माग हो । त्यसलाई पूरा गर्ने हो । त्यसकारण हामीले ५ वर्षको स्थायी सरकार यस पटक मागेका छौँ । पहिलो पटक नेपालको इतिहासमा कुनै राजनीतिक दलले जनतासँग कन्ट्रयाक्ट गरेको छ । जनताले भोट दिने, जनतालाई नेताले वाचा गर्ने, अनि सजाय पनि त्यही भोट दिने जनताले पाउने ? अब यस्तो चल्दैन । अब यस्तो चल्दैन । वाचा जसले गरेको हो, पूरा नगर्ने हो भने सजाय त्यसैले पाउने हो । जनताले सजाय पाउने होइन । यसका लागि ५ वर्षको स्थायी सरकारको हामीले अपेक्षा गरेका छौँ । आज मलाई धेरै लामो केही पनि भन्नुछैन ।’

सभापति लामिछानेले राजनीतिमा देखिएको तमाम खालको विकृतिको अन्त्य गर्न आफूहरु प्रतिवद्ध रहेको पनि बताउनु भयो ।