३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी

‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशीले मुलुकको कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको भन्दै यसको आमूल पुनर्गठन अनिवार्य रहेको बताउनुभएको छ ।

मंगलवार दलको घोषणापत्र सार्वजनिक गर्दै उहाँले यस्तो बतानुभएको हो । उहाँले वर्तमान राजनीतिक दलहरू केवल सत्ता र भागबण्डामा लिप्त भएको आरोप लगाउँदै इमान्दार र ‘घुस नखाने’हरूको नयाँ राजनीतिक शक्ति निर्माणको घोषणा गर्नुभयो । अध्यक्ष जोशीले विश्वव्यापी रूपमा घोषणापत्र जारी गर्ने प्रचलन भए पनि नेपालमा सत्तामा पुगेका दलहरूले आफ्ना प्रतिवद्धता र व्यवहारबीच कुनै तालमेल नराखेको टिप्पणी गर्नुभयो । दीर्घकालीन लक्ष्यहरू पाँच वर्षमा पूरा नभए पनि सत्तामा पुगेको दिनदेखि नै सही दिशामा अगाडि बढ्नुपर्नेमा त्यसो हुन नसकेको उहाँले औंल्याउनु भयो ।

नेपाली राजनीतिमा मौलाएको ‘भागबण्डा’को संस्कृतिले देशलाई बर्बादीतर्फ लगेको जोशीको ठहर छ । न्यायाधीश, मन्त्रीदेखि संवैधानिक निकायसम्म दलीय भागबण्डा हुनुले समाजको मनोविज्ञानलाई नै भ्रष्ट बनाएको उहाँले बताउनु भयो । अध्यक्ष जोशीले नेता घनश्याम भुसालको नेतृत्वमा रहेको समूहसँग सहकार्य गर्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट अगाडि बढाउने उद्घोष गर्नुभयो । उहाँले पार्टीले अब ‘घुस नखानेहरूको पार्टी निर्माण गरौँ’ भन्ने मूल नाराका साथ श्रमजीवी जनता र बुद्धिजीवीहरूको प्रतिनिधित्व गर्ने बताउनु भयो । कम्युनिष्ट आन्दोलनलाई दलदलबाट निकालेर इमान्दारिता र जनताप्रतिको विश्वासको जगमा पुनर्गठन गर्ने उनको मुख्य कार्यसूचि रहेको छ ।

उहाँले भन्नुभयो, ‘जनताको जानकारीको लागि, देशका मतदाताहरुलाई यसमा सजग गराउनको लागि नै यी घोषणापत्रहरु विमोचन गर्ने कार्यक्रम रहन्छन्, संसारभरिका परिपाटी हुन्, गर्छन् पनि । तर जुन उद्देश्यबाट यी घोषणापत्रहरु सार्वजनिक गरिन्छन्, जनताको अगाडि पस्किन्छन्, हाम्रो इतिहास हेर्ने हो भने हाम्रा सत्तामा पुगेका पार्टीहरुका क्रियाकलाप र उनले त्यो भन्दा पहिले जारी गरेका घोषणापत्रहरुमा कुनै पनि तारतम्य देखिँदैन । घोषणापत्रमा दीर्घकालीन कार्यक्रमहरु पनि समावेश भएका हुन्छन्, जसको परिणाम आजको भोलि नै दिन सक्दैन, पाँच वर्षकै कार्यकालमा दिन सकिँदैन, नसकिएला । तर के हुन्छ त भन्दाखेरि त्यो दिशामा अगाडि बढेको र त्यो दिशामा प्रयासहरु र परिवर्तनहरु चाहिँ सत्तामा पुगेको दिनदेखि नै गर्नुपर्ने हुन्छ । तर यहाँ के भो त भन्दाखेरि बहुमत नपुगेको, हङ पार्लियामेन्ट भएको नाममा त्यो स्वभाविक नै हो, बनाइन्छन् मोर्चाहरु संसारमा यो रुपमा, जम्मै ठाउँमा बनाइन्छन् मोर्चाहरु पनि । तर ती मोर्चाहरुको पनि एउटा आधारभूत जति मान्छेहरु त्यो मोर्चामा त्यो सरकारमा सम्मिलित हुन्छन्, तिनीहरुको एउटा साझा कार्यक्रम, आफ्ना–आफ्ना कार्यक्रमको बीचबाट निकालेर साझा कार्यक्रम घोषणा गरेर अगाडि बढ्ने परिपाटी हुन्छ, त्यो यहाँ कहिल्यै पनि देखिएन ।’

‘तपाईंहरु सबैलाई थाहा छ, के देखियो त भन्दाखेरि जुन सत्तामा जाने हो, त्यो सत्तामा जानको लागि र टिक्नको लागि कार्यक्रममा, उनका विचारहरु, उनको राजनीतिहरु, उनको भविष्यका योजनाहरुमा कुनै आधारभुत प्रस्तावनाहरु स्थापित गरेर अगाडि बढ्ने प्रयासको साटो कुन–कुन सिटमा न्यायाधीशमा कसरी बाँड्ने, मन्त्रीमा कसरी बाँड्ने, निर्वाचन आयोगमा कसरी बाँड्ने, अख्तियार दुरुपयोगमा कसरी बाँड्ने आदि इत्यादि साराका सारा के भयो त भन्दाखेरि आफ्नो एउटा भागबण्डाको आधारमा जुन राजनीति अगाडि बढ्यो, त्यसले देश बर्बादतर्फ गयो । दुई वटा कुरा भए । एउटा त यो भागबण्डाले गर्दाखेरि देशको समाजलाई मानसिक रुपमा नै भ्रष्ट ग¥यो । आज देशको सिङ्गो समाजको मनोविज्ञानलाई हेर्ने हो भने त्यसको धेरै ठूलो जत्था त्यही भ्रष्ट मानसिकताबाट राजनीतिमा डोरिएको हामी देख्छौँ । आज पनि त्यही अवस्था छ । भाषणहरु ठूलठूला छन् । कोही नयाँ भनेर तपाईंको घण्टी हल्लाउँदै हिँडिराछन्, कोही मेरो गढ हो र म यो हुँ भन्छ तपाईंको उसमा गरिराख्या होला, कोही हामी परिवर्तन भयौँ भनेर भनिराछन् भाषणमा । तर त्यसको जाँच कसरी गर्ने त भन्दाखेरि कुनै पनि तपाईंको यो विगतका हाम्रा कमजोरीहरु यी भएका हुन् । मोर्चागत गठनमा भागबण्डाको राजनीति चलायौँ, त्यसले हाम्रो यहाँ सरकार पाँच वर्ष नचलेको कारण उ नभएर होइन, सत्तामा गइसकेपछि भागबण्डा नमिलेर सरकारहरु भाँचिए, टुटेका हुन् ।’

अध्यक्ष जोशीले वर्तमान निर्वाचनलाई आफूले जनतालाई शिक्षित गर्ने अवसरका रूपमा लिएको बताउनु भयो । राष्ट्रियताको रक्षा, आर्थिक समृद्धि र समाजवाद निर्माणका लागि इमान्दारिता र समर्पण नै पार्टीको आगामी दिशा हुने प्रतिवद्धता व्यक्त गर्दै उहाँले कम्युनिष्ट आन्दोलनको शुद्धीकरणका लागि घनश्याम भुसालको नेतृत्वलाई समर्थन गर्ने स्पष्ट पार्नुभयो ।