३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सैनिक दिवसमा विदेशी सेनाको सहभागिता स्वभाविक प्रक्रियाः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

सैनिक दिवसमा विदेशी सेनाको सहभागिता स्वभाविक प्रक्रियाः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सैनिक दिवसका अवसरमा टुँडिखेलमा भएको विदेशी सैनिकहरूको प्रदर्शनलाई विश्वव्यापी परिपाटी र मित्रताको प्रतिकका रूपमा चित्रण गर्नुभएको छ ।

सोमवार निर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विभिन्न देशका सैनिकहरूबीच हुने तालिम आदानप्रदान र मैत्रीपूर्ण प्रदर्शनलाई नकारात्मक रूपमा हेर्न नहुने बताउनु भयो । भण्डारीले सैनिक दिवसको उपलक्ष्यमा अमेरिकी, बेलायती र भारतीय सैनिकका टुकडीहरूले आफ्नो कला प्रदर्शन गरेको उल्लेख गर्नुभयो ।

उहाँकाअनुसार यस्ता प्रदर्शनहरू मित्र शक्तिहरूबीचको सम्बन्ध प्रगाढ बनाउन र तालिमको अनुभव साटासाट गर्न विश्वभरि नै हुने गरेका छन् । सामाजिक सञ्जालमा केही व्यक्ति र राजनीतिक दलका नेताहरूले अमेरिकी सैनिकको नाचलाई लिएर सरकारको आलोचना गरेकोप्रति लक्षित गर्दै भण्डारीले यसलाई मानसिकताको उपज भएको बताउनु भयो ।

विदेशी सेनाको उपस्थितिलाई लिएर ‘खबरदार’ भन्दै गरिएको टिप्पणीहरूतर्फ संकेत गर्दै उहाँले देशका जिम्मेवार व्यक्तिहरूले पनि यस्ता विषयमा नकारात्मक मानसिकता राख्नु दुःखद् भएको बताउनु भयो । उहाँले कुन देशप्रतिको कस्तो दृष्टिकोण छ भन्ने कुराले मात्र यस्ता विषयलाई विवादित बनाइएको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले सामाजिक सञ्जालमा पनि आयो, केही व्यक्तित्वहरूबाट त्यो अमेरिकी सैनिक टुँडिखेलमा नाच्यो नि त भन्ने पनि आयो । अनि के अमेरिकी सैनिक टुँडिखेलमा नाच्नु नै अपराध हो त भन्ने पनि कसैको सोच होला । त्यो अमेरिकी सैनिक त्यहाँ टुँडिखेलमा नाचेको कार्यक्रममा म पनि उपस्थित छु । हिजो सैनिक दिवसको उपलक्ष्यमा अमेरिकी सैनिक, बेलायती सैनिक, भारतीय सैनिकको टुकडीहरू, त्यो सैनिकहरूको एकआपसमा जुन जुन मित्र शक्तिहरू हुन्छन् र जुन जुन ठाउँमा चाहीँ उनीहरू तालिम आदानप्रदान गर्छन्, ती शक्तिहरूको त्यहाँ आएर यो प्रदर्शन गर्छन् । यो विश्वभरिको परिपाटी र प्रचलन हो । तर तपार्ईं हाम्रो त्यो कुन देशप्रतिको मानसिकताले अहिले ग्रस्त छ, यो सकारात्मक र नकारात्मक सोच छ । म अहिले त्यहाँ सामाजिक सञ्जाल हेर्दै थिएँ एक,दुई वटा । देशका ठूला नेताहरूले पनि खबरदार, यो त यो सरकारले त बद्मासी ग¥यो, त्यो अमेरिकी सैनिक ल्याएर टुँडिखेलमा नचायो । त्यसकारण यो नाच्न पाउने होइन, भन्ने लगायतका ठूला ठूला व्यक्तिहरूले पनि सामाजिक सञ्जालमा लेखिरहनुभएको छ, कमेन्ट गरिरहनुभएको देखेको छु ।’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सैन्य कुटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका आयामहरूलाई बुझेर मात्र धारणा सार्वजनिक गर्न सरोकारवालाहरूलाई आग्रह गर्नुभयो ।