१९ श्रावण २०८३, मंगलवार
,
Latest
युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्दा पनि सशक्त बनाउनु मुख्य विषयः सांसद पोखरेल मुलुकका पाँच सडकखण्ड अवरुद्ध बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु सुनसरीसहित पूर्वी मधेसको धार्मिक तनावबारे निष्पक्ष अनुसन्धान गर्न कांग्रेस सचेतक राईको माग राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहनुपर्ने कानूनमन्त्रीको अडान नेपाल राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य दैलेखको ग्यास खानीले हामीलाई गिज्याइरहेको छः एमाले सांसद राणा काँग्रेस सांसद कार्कीको प्रश्न–२३ लाख ग्यास सिलिण्डर कता हरायो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः श्रीलंकाविरुद्ध अस्ट्रेलियालाई जित्नैपर्ने दवाव, यस्तो छ हेड–टू–हेड



अ+ अ-

एजेन्सी । टी–२० विश्वकपको ३० औं खेलमा सोमबार अष्ट्रेलिया र श्रीलंका भिड्दैछन् । श्रीलंकाको पल्लेकेले रंगशालामा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७ः१५ बजेबाट सुरु हुनेछ ।

यसअघि खेलिएका दुवै खेल जितेको श्रीलंका समूह बी को अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । श्रीलंकाले आयरल्याण्डलाई २० रन र ओमानलाई १०५ रनले हराएको थियो । उता, अष्ट्रेलियाले भने पहिलो खेलमा आयरल्याण्डलाई ६७ रनले हराएको थियो भने जिम्बाब्वेसँग २३ रनले पराजित भएको थियो ।

हेड–टू–हेड

दुई टोली टी–२० अन्तर्राष्ट्रियमा हालसम्म २६ पटक आमनेसामने भएका छन् । जसमा अष्ट्रेलियाले १६ खेल जितेको छ भने श्रीलंकाले १० खेल मात्र जितेको छ।

टी–२० विश्वकपमा भने यी दुई टोली पाँच पटक भेटेका छन् । जसमा अष्ट्रेलियाले श्रीलंकालाई चार पटक पराजित गरेको छ । श्रीलंकाले भने २००९मा एक पटक मात्र हराएको छ । अस्ट्रेलिया १७ वर्षदेखि टी–२० विश्वकपमा श्रीलंकासँग हारेको छैन ।

विश्वकप–२०२६ मा दुवै टोलीका शीर्ष खेलाडीहरू:

अस्ट्रेलियाका म्याट रेनशा सर्वाधिक रन स्कोरर

यस विश्वकपमा अस्ट्रेलियाका म्याट रेनशा सर्वाधिक रन स्कोरर रहेका छन् । उनले दुई खेलमा १३२.४६ को स्ट्राइक रेटमा १०२ रन बनाएका छन् । बलिङमा, नाथन एलिसले दुई खेलमा ५.८७ को इकोनोमी रेटमा चार विकेट लिएका छन् ।

श्रीलंकाका कुसल मेन्डिसद्वारा दुवै खेलमा अर्धशतक प्रहार

यस प्रतियोगितामा श्रीलंकाका लागि कुसल मेन्डिसले सबैभन्दा धेरै रन बनाएका छन् । उनले १३२.९५ को स्ट्राइक रेटमा ११७ रन बनाएका छन् । उनले खेलिएका दुवै खेलमा अर्धशतक बनाएका छन् । यस्तै, बलिङमा महेश थेक्सनाले २ खेलमा ४.२५ को इकोनोमी रेटमा ५ विकेट लिएका छन् ।

पिचको अवस्था

श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हालसम्म ३१ वटा टी(२० अन्तर्राष्ट्रिय खेल खेलिएका छन् । जसमा पहिले ब्याटिङ गर्ने टोलीले २९ पटक जितेको छ भने पछ्याउने टोलीले एक पटक मात्र खेल जितेको छ ।

यो पिच स्पिनरहरूका लागि उपयोगी मानिन्छ । यहाँ टोलीहरूले पहिले ब्याटिङ गर्न रुचाउँछन् ।

दुवै टोलीका लागि सम्भावित प्लेइङ–११

अस्ट्रेलियाः मिचेल मार्श (कप्तान), ट्राभिस हेड, जोश इन्ग्लिस, ग्लेन म्याक्सवेल, म्याट रेनशा, मार्कस स्टोइनिस, बेन द्वारशुइस, क्यामरुन ग्रिन, नाथन एलिस, म्याट कुह्नेम्यान र एडम जाम्पा।

श्रीलंकाः दासुन शनाका (कप्तान), पाथुम निसान्का, कामिल मिश्रा, कुसल मेन्डिस, कामिन्दु मेन्डिस, पवन रत्नायके, डुनिथ वेललागे, वानिन्दु हसरंगा, महेश थेक्षाना, दुष्मन्थ चमेरा, मथेश पाथिराना।

 




भर्खरै