५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

उपसभामुख तुम्बाहाङफेको पार्टी निर्णय नमान्ने चुनौती

उपसभामुख तुम्बाहाङफेको पार्टी निर्णय नमान्ने चुनौती
अ+ अ-

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले नेकपाको निर्णयलाई चुनौती दिँदै राजीनामा दिन अस्वीकार गरेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार पार्टीका दुवै अध्यक्ष, महासचिवसहित नेताहरूकै उपस्थितिमा उनले पार्टी निर्णय नमान्ने चुनौती दिएकी हुन्। दुवै अध्यक्षले शुक्रबार बालुवाटार बोलाएर राजीनामा दिन गरेको आग्रह अस्वीकार गरेपछि उनलाई आइतबार दोस्रो पटक बालुवाटार बोलाएर छलफल गरेका थिए। नेकपाको सचिवालय बैठकले शनिबार तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो।

तर उनले पार्टी निर्णय आफूलाई थाहा नभएको, आफूले राजीनामा नदिने र संसद् बैठक चलाएर प्रक्रिया अगाडि बढाउने बताएपछि आइतबार उनलाई बालुवाटार निम्ताइएको थियो। बालुवाटार पुग्नुअघि तुम्बाहाङफे आइतबार बिहानै सिंहदरबारस्थित संसद् सचिवालय पुगेर संसद् बैठक सञ्चालनका लागि गृहकार्य थालेकी थिइन्। १७ पुसदेखि स्थगित संसद् बैठक आइतबारका लागि डाकिएको थियो।

तुम्बाहाङफेको अडानपछि प्रधानमन्त्री ओलीसँग छलफल गर्न अध्यक्ष दाहाल बालुवाटार पुगेका थिए। दुई नेताबीच संसद् बैठक, उपसभामुखको राजीनामा र सभामुख चयनबारे छलफल गरिरहँदा उनी सिंहदरबारमा सचिवालयका कर्मचारीसँग संसद् चलाउने तयारीमा जुटेकी थिइन्। उनले कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न खोजिन्। तर सचिवालयका कर्मचारीले उनलाई यसअघि जे कारणले संसद् बैठक स्थगित भइरहेको छ, त्यसको गाँठो नफुकेकाले संसद् कसरी सञ्चालन गर्ने भन्दै समितिको बैठक राख्न आनाकानी गरेका थिए।

संसद् सचिवालय र नेकपा संसदीय दलका नेताले पनि उपसभामुख तुम्बाहाङफेलाई संसद् बैठक अगाडि नबढाउन आग्रह गरेका थिए। अटेरी गर्दै संसद् चलाउने प्रयासमा लागेपछि उनलाई बालुवाटार बोलाइएको थियो। त्यसबीच ओली–दाहालले तुम्बाहाङफेसँग छलफल गर्ने भन्दै महासचिव पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पनि बालुवाटार बोलाइएको थियो। उनी त्यहाँ पुग्दा प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल छलफलमा थिए।

सुरुमै पार्टीको शनिबारको निर्णयप्रति तुम्बाहाङफेले जिज्ञासा राखेकी थिइन्। पार्टी नेताहरूले उनलाई उपसभामुखबाट राजीनामा दिन आग्रह गरे। तर उनले मानिनन्। ‘शनिबारको पार्टी निर्णय उपसभामुखलाई जानकारी गराइयो, संसद्को सभामुख पार्टीले छाड्न नसक्ने भन्दै संवेदनशीलता बुझ्न आग्रह गरियो,’ छलफलमा सहभागी एक नेताले भने, ‘तर उहाँले मान्नुभएन।’ उनलाई पार्टीले पठाएको निर्देशनको पत्र संसद् सचिवालयमा पुगे पनि उनले नखोलेको स्रोतले बतायो। बरु नेताहरूसँग उनले सोधिन्, ‘त्यो पत्रमा के छ ? ’

‘राजीनामा गर्न निर्देशन’ भनेपछि उनले आफूलाई राजीनामा गर्न निर्देशन गर्ने हैसियत सचिवालयलाई कहाँबाट आयो भन्दै प्रश्न गरेकी थिइन्। ‘तपाईंहरूले त्यसरी निर्देशन दिन मिल्छ ? कुनै दलमा नभएको व्यक्तिलाई राजीनामा देऊ भनेर निर्देशन दिन कहाँ मिल्छ ? यो निर्णय गर्ने हैसियत तपाईंहरूलाई कसरी आयो ? ’ तुम्बाहाङफेले दुई अध्यक्षकै अगाडि प्रश्न गरेकी थिइन्। उनले भनिन्, ‘मलाई राजीनामा दिन लगाउने निर्णय कसले लेखेको ? ’ उनको प्रश्नपछि महासचिव पौडेलले भने, ‘मैले लेखेको।’

तुम्बाहाङफेले सचिवालय निर्णय फिर्ता लिन महासचिव पौडेललाई आग्रह गर्दै भनिन्, ‘तपाईंले लेखेको त्यो निर्णय फिर्ता लिनुहोस्, यसरी तपाईंहरूले निर्णय गर्न सक्नुहुन्न, म राजीनामा दिन्नँ। संविधानले संसद्को सभामुख रिक्त हुने व्यवस्था गरेको छैन, तपाईंहरूले सभामुख कसलाई बनाउने निर्णय लिनुभयो, त्यो निर्णय पहिले देखाउनुहोस्, छैन भने म राजीनामा दिन्नँ।’ तुम्बाहाङफेले पार्टीले आफ्नो राजीनामाभन्दा पहिले सभामुखको उम्मेदवार को हुने निर्णय लिनुपर्ने र त्यो उम्मेदवारका रूपमा आफ्नो नाम नभए आफूले के कारणले राजीनामा दिनुपर्ने हो त्यो विषय लिखित रूपमै खुलाएर आफूलाई पत्र दिनुपर्ने माग गरेकी थिइन्।

छलफलमा तुम्बाहाङफेले व्यक्त गरेको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘तपाईहरुले त्यसरी निर्णय दिनुभएन भने म संसद् चलाउँछु प्रक्रिया अगाडि बढाउँछु।’ आइतबारको छलफलमा प्रधानमन्त्री खासै बोलेनन्। उनले नीतिगत रूपमा सभामुख चयनका लागि नेकपाले उक्त पद छाड्न नसक्ने धारणा मात्र राखे। अन्य नेताले सचिवालय निर्णयलगायत विषयमा तुम्बाहाङफेसँग सवाल–जवाफ गरेका थिए। उनले आफ्नो अडान दोहोर्याई नै रहिन्। अध्यक्ष दाहालले भने तुम्बाहाङफेलाई अहिले राजीनामा दिएर बाटो खोल्न आग्रह गरेका थिए। ‘अहिले अन्य किसिमले नसोच्नुहोस्, कुनै व्यक्तिका नाममा छलफल भएको छैन।

बाहिर कहाँ के–के आएका छन्, त्यो सरोकारको विषय होइन। पहिले उम्मेदवारी सुनिश्चितता त्यसपछि मात्र पात्रका विषयमा छलफल गर्ने हाम्रो सोच हो,’ उनको भनाइ थियो। तर तुम्बाहाङफे लचक हुने संकेत नदेखेपछि संसद् बैठक एक साता स्थगित गराउन अध्यक्षद्वयले निर्देशन दिएका थिए। ओली–दाहालको निर्देशनलगत्तै संसद् बैठक तेस्रो पटक सूचना टाँसेर स्थगन गरिएको थियो। बालुवाटारमा नेकपा नेतासँगको छलफलपछि सिंहदरबार पुगेकी उनले आफूले सभामुख को हो भन्ने प्रश्न राख्दा नेताहरूले जवाफ दिइनसकेको प्रतिक्रिया दिएकी थिइन्।

‘मैले पहिले सभामुख को हो ? सभामुख रिक्त राख्नु हुँदैन भनेर उहाँहरूसँग कुरा गरें। जवाफ आएन। मेरा कारणले सभामुख नेकपाले गुमाउनु हुँदैन भन्नेमा म सचेत छु,’ उनले भनिन्।उपसभामुखले राजीनामा दिन आनाकानी गरेपछि नेकपाभित्र सभामुख चयन झन् पेचिलो बनेको छ। सभामुखका लागि नेकपाभित्र सुवास नेम्बाङ, तुम्बाहाङफे, अग्नि सापकोटा र पम्फा भुषाललगायतको नाम चर्चामा छ। उपसभामुखले राजीनामा नदिने अडान दोहोर्‍याएपछि अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव नेपालबीच आइतबार छलफल भएको छ। अन्नपुर्णपोष्ट दैनिकबाट