१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

धौवादी फलाम खानीमा भेटियो ‘फलाम’



अ+ अ-

काठमाडौँ । नवलपरासी जिल्लाको नवलपुर होप्से गाउँपालिकामा स्थापना गरिएको धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आइतबार आयोजित पत्राकार सम्मेलनमा मन्त्रालयका सचिव यामकुमारी खतिवडाले धौवादीमा भेटिएका फलाम खानी उत्खनन गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिए। कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा ‘धौवादी फलाम खानी लिमिटेड’ नामको कम्पनी दर्ता भइसकेको छ ।

नवलपुरको धौवादी क्षेत्रमा भेटिएका फलामजस्तो पदार्थको चीनमा गरिएको परीक्षणले सो क्षेत्रमा फलाम नै रहेको प्रमाणित भएको बताउँदै उनले उत्खनन, प्रशोधन तथा उत्पादनका लागि स्थापना गरिएको सो कम्पनी सञ्चालनको ‘मोडालिटी’समेत तयार भइसकेको जानकारी दिए । उनले भने, “नवलपुरमा रहेको फलामको चिनियाँ प्रयोगशालामा गरिएको गुणस्तरको नमुना सम्पन्न भइसकेको छ । अहिले औद्योगिक र व्यावसायिक परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ ।

सो खानीबाट ३० वर्षसम्म प्रतिदिन आठ सय टन फलाम उत्पादन हुने सम्भावना देखिएको छ ।” सरकारले नवस्थापित सो कम्पनीको अध्यक्षमा उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेललाई नियुक्त गरिएको छ । काठमाडौँस्थित खानी तथा भूगर्भ विभाग परिसरभित्र यस कम्पनीको कार्यालयसमेत स्थापना भई थप काम अगाडि बढिसकेको छ ।

कम्पनीको सञ्चालक समितिमा विभिन्न मन्त्रालयको प्रतिनिधित्व रहने गरी छिट्टै नै सञ्चालक समिति गठनका लागि प्रक्रिया अगाडि बढिसकेको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को गत भदौ १, २ र ४ गतेको बैठकले नवलपुरको धौवादी फलाम खानी लिमिटेड स्थापना गर्ने निर्णय गरेको थियो ।

सरकारी स्वामित्व ५५ प्रतिशत:सधौवादी फलाम खानीमा भेटिया फलाम ो कम्पनीमा सरकारको स्वामित्व ५५ प्रतिशत र निजी क्षेत्रको स्वामित्व ४५ प्रतिशत रहने छ । कम्पनीको जारी पुँजी चार अर्ब र अधिकृत पुँजी दस अर्ब रुपियाँ रहनेछ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा समेत ‘आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन गरिनेछ’ भनी उल्लेख गरिएको छ । चालू आर्थिक वर्षमा सो फलाम खानी सञ्चालन शीर्षकमा एक अर्ब रुपियाँ विनियोजन गरिएको छ । गोरखापत्र दैनिकबाट